४ मंसिर २०८१, मंगलवार
,
Latest
जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा सुदूरपश्चिम रोयल्स र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच ‘एजुकेसन पार्टनर’का लागि सहकार्य सम्झौता एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नभ्याउनेमा दुर्गा प्रसाईंविरुद्ध कीर्ते र मानहानी मुद्दा पनि चल्ने पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध विष्णुमति करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट अवार्ड आज, पारस र सन्दीपसँगै ५ जना दाबेदार, कसले हात पार्ला त ?



अ+ अ-

काठमाडौँ । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ आज प्रदान गर्दै छ ।आइतबार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको उक्त संघले आज पुरस्कार प्रदान गर्न लागेको हो ।

आयोजकका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ । वर्ष क्रिकेट खेलाडी पुरुष तर्फको मनोनयनमा दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी परेका छन् ।

त्यस्तै, वर्ष क्रिकेट खेलाडी महिला तर्फ इन्दु शर्मा, करुणा भण्डारी, रुविना क्षेत्री, सरिता मगर र सीता रानामगर मनोनयनमा परेका छन् ।

भने,उदीयमान खेलाडीको मनोनयनमा अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।

वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ रहेको छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।