३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सानै उमेरमा ‘ग्लोबल टी–२० आइकन’ बनेका सन्दीप

सानै उमेरमा ‘ग्लोबल टी–२० आइकन’ बनेका सन्दीप
अ+ अ-

झन्डै ३ करोड जनसंख्या भएको नेपालका धेरै मान्छे क्रिकेटलाई प्रेम गर्छन्। धेरैले क्रिकेटलाई जीवन सम्झन्छन्। तर थोरैले मात्र १८ वर्षीय सन्दीप लामिछानेले जस्तो छलाङ मारेका छन्।

तीन वर्ष अगाडि नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेभन्दा उनको खेल जीवनले अहिले ठूलो छलाङ मारेको छ। सन्दीप नेपालका एक मात्र भाग्यशाली खेलाडी हुन् जसले भारत, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, हङकङ, युएई र वेस्ट इन्डिजको क्लबबाट टि–ट्वान्टी खेलिसके। सन्दीप लामिछाने यतिबेला ग्लोबल टि–ट्वान्टीका नेपाली ग्लोबल आइकन हुन्। उनलाई अफ्नो टोलीमा खेलाउन विश्वका ख्यातीप्राप्त क्लबहरु तछाड–मछाड गर्छन्।

तर, क्रिकेट यात्रा सन्दीपको लागि सहज भने थिएन। उनको पहिलो र सबैभन्दा ठूलो चुनौती आफ्नो परिवारलाई खेलबारे विश्वस्त र सहमत गराउनु नै रह्यो। किन भने परिवार क्रिकेटले जीवन बर्बाद हुन्छ भन्ने सोच्थ्यो।

हाल उनी लाहोर कलन्दर्स क्लबबाट पाकिस्तानी सुपर लिग पिएसएल क्रिकेट खेल्न दुबइमा छन्। त्यहाँ पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। ‘मेरो परिवारले मलाई राम्रो विद्यार्थी भएको हेर्न चाहान्थे। जहाँबाट मैले राम्रो आर्थिक अवस्था सुदृढ बनाउन सकुँ’, सन्दीपले दुबईमा इएसपिएनसँग भने, ‘तर मेरो बेग्लै सोच थियो। मैले उहाँहरुलाई क्रिकेटकै लागि दुईदेखि तीनवर्ष स्वतन्त्र छाड्न अनुरोध गरेँ।’

क्रिकेट एकेडेमीमा भर्ना हुन उनी आफ्नो परिवारबाट टाढा रहे। उनले आफ्नो विवाह भइसकेकी दिदीको घरमा बसेर क्रिकेट खेल्न थाले। त्यहाँ उनले थाहा पाए कि क्रिकेटर बन्न सजिलो छैन। धेरै कुराहरु आवश्यक छ। विहानै उठेर प्रशिक्षकभन्दा अगाडि मैदान पुग्नुपर्ने, शारीरिक रूपमा कडा मिहिनेत गर्नुपर्ने।

भिन्न हुने चाहाना अनुरुप सन्दीपले लेगस्पिन बलिङ छनौट गरे। पूर्ण लेगस्पिन नभए पनि चुनौतीपूर्ण अनुशासनका साथ उनले लेगस्पिन अभ्यास गर्न थाले। लामिछाने सुरुवातदेखि प्राकृतिक रुपमा लेगब्रेक र गुगली गर्थे तर सही स्थानमा बल फ्याँक्न सक्दैनथे। त्यसैले सन्दीपले परिपक्व हुन लामो समय नेटमा अभ्यास गर्न थाले।

सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेटको खेलअघि नेपालले अन्डर १९ क्रिकेटरको खोजी सुरु गर्यो। त्यही समय सन्दीप लामिछानेको जीवनको परिवर्तन विन्दु बन्यो। नेपालका पूर्व प्रशिक्षक पुवुदु दशानायके खेलाडी छनौटका लागि उनी अभ्यासरत् एकेडेमी पुगेका थिए। केही क्षणमै प्रशिक्षक सन्दीपको कलाप्रति मोहित भए।

‘त्यो समय मेरो लागि अविश्वासनीय थियो। किनभने मैले त्यस ताका कुनै अवसर पाइरहेको थिइनँ। तर म विश्वकपका लागि अन्डर–१९ राष्ट्रिय खेलाडीको संभावित सूचीमा पर्न सफल भएँ।’ सन्दीपले सम्झे, ‘मलाई थाहा थियो मैले लामो दुरीको यात्रा गर्नुछ। त्यही समयदेखि राष्ट्रिय टोलीको चुनौती सुरु भएको थियो।’

अन्डर–१९ विश्वकपमा सन्दीप १४ विकेटसहित सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बने। विश्वकपमा आयरल्यान्ड विरुद्ध २७ रन खर्चेर ५ विकेट लिएका सन्दीप एकाएक चर्चित बने।

केही महिनापछि सन्दीपलाई कोलुन कान्टन्सले हङकङमा टि–ट्वान्टी ब्लिज खेल्न निम्तो दियो। त्यसबेला सन्दीपले आफू अष्ट्रेलियाका विश्वकप विजेता तथा कप्तान माइकल क्लार्कसँग खेलिरहेको थाहा पाए। युवा सन्दीपको खेलबाट क्लार्कसमेत प्रभावित भए। उनले सन्दीपलाई अस्ट्रेलियामा वेस्टर्न सबर्ब्सबाट खेल्न बोलाए। त्यसयता उनले पछाडि फर्किएर हेर्नुपरेको छैन।
गत वर्ष सन्दीपले विश्वकप क्वालिफायरमा जिम्बाबेविरुद्ध उल्लेखनीय प्रदर्शन गर्दै नेपाललाई एकदिवसिय मान्यता प्रदान गर्न महत्वपूर्ण भूमिका खेले। सन्दीप गतवर्ष इन्डियन प्रिमियर लिग खेल्ने नेपालको ऐतिहासिक खेलाडी बने।

पहिलो पटक नेपाली खेलाडी आइपिएलमा छनौट भएको थियो। उनी तत्कालीन दिल्ली डेयर डेभिल्स अहिलेको दिल्ली क्यापिटल्सको तर्फबाट आइपिएल खेल्न भारत पुगे। उनले त्यहाँ चर्चित खेलाडी रिकि पोन्टिङको प्रशिक्षण पाए। आइपिएलमा सुरुवाती खेलमा अवसर नपाएका सन्दीपले अन्तिम खेलहरुमा दिल्लीको तर्फबाट जादुमय प्रदर्शन गरे। अबको सिजन सन्दीप पहिलो रोजाइमा हुने अनुमान छ।

एक किसिमले भन्ने हो भने सन्दीपको यात्रालाई नेपालले पछ्याइरहेको छ। उनी नेपालका युवालाई क्रिकेटमा प्रेरित गर्न चाहन्छन्। उनको मुख्य चिन्ता नेपाली क्रिकेटको पूर्वाधार र प्रशासन हो। जुन अस्थिर र अव्यवस्थित छ। नेपालको क्रिकेट संघ हाल निलम्बित छ। जसका कारण आर्थिक कोष बन्द छ। अन्तरिम प्रशासनिक अंगबाट यतिबेला नेपालको क्रिकेट चलिरहेको छ। क्रिकेट संघ निलम्बनमा परे पनि नेपाल आइसिसिको प्रतियोगितामा भने सहभागी हुन पाउँछ।

‘देशका लागि प्रेरणा बन्नु र त्यहाँका मानिसहरुको छोराहरु यस खेलकै कारण केही बन्छन् भन्ने विश्वास बन्नु मेरा लागि ठूलो कुरा हो’ उनले भने, ‘देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहँदा सपना साकार भएको महशुस हुन्छ। म आफ्नो देशबाट धेरै खेलाडी यस खेलमा आवद्ध भएको हेर्न चाहान्छु। मलाई विश्वास छ उनीहरुले जीवनमा केही गर्नेछन्।’

‘जब म रमाइलोको लागि दिदी घर छेउमा क्रिकेट खेल्दथे, म सम्झन्छु एक जना साथीका आमाले मलाई क्रिकेट खेलेर आफ्नो छोराको जीवन बर्बाद नगर्नु भन्नु भएको थियो। त्यही आमा हालै मेरो छेउ आउनुभयो र आफ्नो छोरालाई पनि क्रिकेट खेल्न प्रोत्साहन गर्नुभयो। पहिले र अहिलेको त्यस घटना सम्झँदा आखाबाट आँसु खस्छ।’

‘मेरो देशमा क्रिकेट क्षेत्रमा धेरै लगानी छैन, तर खेलप्रतिको माया र मोह भने अधिक छ। यदि नेपालको जस्तो अवस्था अन्य देशमा भए खेलाडीले खेल छाडिसक्थे। तर, नेपालमा सुन्दर भविष्यको संभावना बिनै दुस्ख र कष्टका साथ खेलाडीहरु खेलप्रतिको मायाले आफैलाई क्रिकेट खेल्न प्रेरित गरिरहेका छन्।’ (इएसपिएनक्रिकइन्फोबाट अनुवाद)