८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : मुख्यमन्त्री शाही



अ+ अ-

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।”

मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर सामुदायिक तथा निजी मिडिया बन्द गर्न खोजेको छैन भन्दै सरकारी मिडियाले सबै सञ्चारमाध्यमको नेतृत्व गर्ने गरी विकास गर्ने तवरबाट अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

मिडियाले राष्ट्रियताका सवालमा कलम चलाउनुपर्नेमा जोड दिदैं उहाँले सञ्चारमाध्यमको विषयमा बृहत् बहसको खाँचो रहेको आवश्यकता औँल्याउनुभयो ।

महासङ्घका महासचिव रमेश विष्टले सम्पादकीय स्वतन्त्रता हुने गरी सञ्चारमाध्यम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । टोलीमा महासचिव विष्टसहित, सचिव प्रकाश थापा, सदस्य लक्ष्मण कार्की, गोपाल बराइली, कलेन्द्र सेजुवाल, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको सहभागिता रहेको थियो ।