काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरेको छ । सामथ्र्य नेपाल र सुनौलो समाजले आर्थिक सहयोग संकलन गरेका हुन् ।
अर्जुन भुषालको नेतुत्वमा रहेको टोलीले तीन दिनमा १ लाख ६ हजार रकम संकलन गरेको हो ।
भुषालका अनुसार कतारबाट मिलन थापाले १ लाख, प्रकाश सुवेदीले ५ हजार ,सुवाश तिवारीले १ हजार सहयोग गरेको छन् ।
भुषालले भने “ धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगका लाठिग हामी यो अभियान केहि दिन संचालन गर्नेछौं । जति रकम जम्मा हुन्छ त्यति रकम हामी फाउण्डेशनलाई हस्तान्तरण गर्ने छौं ।”
१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता भएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । २० बिगाहा ८ कट्ठा जग्गामा तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्ने अनुमान गरिएको छ ।