८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीले भारतमा फुटबल क्लब किन्ने



अ+ अ-
Manchester City chief executive Ferran Soriano (right) says the City Football Group could acquire “two or three” more clubs

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले भारतमा फुटबल क्लब किन्ने भएको छ । हिन्दी बीबीसीका अनुसार सिटी क्लबका मुख्य कार्यकारी अधिकृत फेरान सोरियानोले भारतमा क्लब किन्नेबारे विचार गरिरहेको उल्लेख गरेको छ ।


बीबीसीका अनुसार हाल सिटी फुटबल ग्रुपको सात कल्ब रहेको छ । सिटीले फेब्रुअरीमा चीनको तेस्रो स्तरीय क्लब सिचुआन जियुनियु किनेको थियो ।

यसका अल्वा सिटीले न्युयोर्क सिटी, मेलबर्न सिटी, योकोहामा एफ मारिनोस, एथ्लेटिको टर्क र जिरोनामा पनि साझेदारी गरिसकेको छ ।

यो सबै कुराहरुलाई मध्यनजर गरेर कुनै निर्णय अघि हामीले धैर्यता राख्नुपर्ने हुन्छ’ क्लबका मुख्य कार्यकारी अधिकृत सोरियानोले भनेका छन्,

हामी वास्तविक फुटबल प्यासन र अवसर भएका केही देशमा अझै क्लबमा लगानी गर्नेबारे सोचिरहेका छौँ, जस्तो कि चीन, भारत पनि । एसियामा अवसर अरु पनि हुन सक्छन् ।’

हामी अहिले कम्तीमा दुई वर्षको लागि भारत हेर्दैछौँ। मलाई लाग्छ यो वर्ष भारतमा लगानी गर्ने कुरा टुंगो लाग्नेछ’ उनले भनेका छन् ।

अहिले हामी यसलाई हेर्छौं, विकासको प्राकृतिक गति हेछौं,सोरियानो भने।