८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा समुन्द्री बाटोबाट हमला हुँदैछ,काश्मिरको घटनाभन्दा भयानाक हुनेछ : नौसेना प्रमुख



अ+ अ-

काठमाडौँ । भारतका नौसेना प्रमुख एडमिरल सुनिल लाम्बाले एक ठूलो चरमपन्थी हमलाको आशंका रहेको बताएका छन् । उनका अनुसार चरमपन्थीसमुहले भारतमा समुन्द्री बाटो हुँदै हमला गर्न सक्ने छन् ।

गुप्तचर रिपोर्ट अनुसार घटनाका लागि चरमपन्थीलाई प्रशिक्षण दिइँदैछ । लाम्बाले भनेका छन्, ‘चरमपन्थीले हमलाको षड्यन्त्र रचिरहेका छन् । उनीहरुलाई यस्तो देशले मद्दत गरिरहेको छ जसले भारतलाई सधैं अस्थिर देख्न चाहन्छ ।’

पुलवामामा भन्दा पनि ठूलो हमला हुनसक्छः

नौसेना प्रमुखले भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाभन्दा पनि ठूलो हमला हुनसक्ने चेतावनी दिएका छन् ।

भारत–प्रशान्त क्षेत्रमा पनि चरमपन्थी सक्रियः

लाम्बाका अनुसार भारत–प्रशान्त क्षेत्रमा पनि आतंककारी सक्रिय छन् । यो क्षेत्रमा पछिल्लो केही वर्षदेखि आतंककारी आफ्नो सक्रियता बढाइरहेको छ । उनले भनेका छन्, ‘विश्वमा यस्ता मात्र केही देश छन् जो आतंकवादबाट अछुत छन् । आतंकवादले वैश्विक रुप लिइसकेको छ । यसको खतरा अब लगातार बढ्दै छ ।’

सूत्रका अनुसार पाकिस्तानको बालाकोटमा एयर स्ट्राइकपछि गुप्तचर एजेन्सीले पाकिस्तान समर्थित आतंककारी संगठन पुनः कुनै हमला गर्न सक्ने आशंका जताएको छ । सीमामा कडा सुरक्षा छ त्यसकारण समुन्द्री बाटोबाट घुसपैठ हुनसक्ने उनले बताएका छन् ।