१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा समुन्द्री बाटोबाट हमला हुँदैछ,काश्मिरको घटनाभन्दा भयानाक हुनेछ : नौसेना प्रमुख



अ+ अ-

काठमाडौँ । भारतका नौसेना प्रमुख एडमिरल सुनिल लाम्बाले एक ठूलो चरमपन्थी हमलाको आशंका रहेको बताएका छन् । उनका अनुसार चरमपन्थीसमुहले भारतमा समुन्द्री बाटो हुँदै हमला गर्न सक्ने छन् ।

गुप्तचर रिपोर्ट अनुसार घटनाका लागि चरमपन्थीलाई प्रशिक्षण दिइँदैछ । लाम्बाले भनेका छन्, ‘चरमपन्थीले हमलाको षड्यन्त्र रचिरहेका छन् । उनीहरुलाई यस्तो देशले मद्दत गरिरहेको छ जसले भारतलाई सधैं अस्थिर देख्न चाहन्छ ।’

पुलवामामा भन्दा पनि ठूलो हमला हुनसक्छः

नौसेना प्रमुखले भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाभन्दा पनि ठूलो हमला हुनसक्ने चेतावनी दिएका छन् ।

भारत–प्रशान्त क्षेत्रमा पनि चरमपन्थी सक्रियः

लाम्बाका अनुसार भारत–प्रशान्त क्षेत्रमा पनि आतंककारी सक्रिय छन् । यो क्षेत्रमा पछिल्लो केही वर्षदेखि आतंककारी आफ्नो सक्रियता बढाइरहेको छ । उनले भनेका छन्, ‘विश्वमा यस्ता मात्र केही देश छन् जो आतंकवादबाट अछुत छन् । आतंकवादले वैश्विक रुप लिइसकेको छ । यसको खतरा अब लगातार बढ्दै छ ।’

सूत्रका अनुसार पाकिस्तानको बालाकोटमा एयर स्ट्राइकपछि गुप्तचर एजेन्सीले पाकिस्तान समर्थित आतंककारी संगठन पुनः कुनै हमला गर्न सक्ने आशंका जताएको छ । सीमामा कडा सुरक्षा छ त्यसकारण समुन्द्री बाटोबाट घुसपैठ हुनसक्ने उनले बताएका छन् ।