८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलबाट भियतनाम गएका नेता रेलबाटै स्वदेश फिर्ता



अ+ अ-

प्योङयाङ । भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ ।

प्योङयाङ । भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्केका यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ ।

नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए ।

किमले भियतनाम भ्रमणका अवसरमा राजधानी हनोइमा गत फेबु्रअरी २७ र २८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । ट्रम्पसँगको भेटवार्तापछि किमले भियतनामको दुई दिने सद्भावपूर्ण भ्रमण गरेका थिए।

राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण, उत्तर कोरियामाथि लागेको प्रतिबन्ध फुकाउने लगायतका विषयमा घनीभूत छलफल भएको केसीएनएले जनाएको छ । तर दुई नेताबीच कुनै लिखित सम्झौता भने भएन । यसअघि सन् २०१८ जुन महिनामा ट्रम्प र किमबीच सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो ।

यद्यपी दुवै पक्षले कोरियाली प्रायःद्वीपमा जारी शान्ति प्रक्रिया जारी रहोस् भन्ने इच्छा जनाएका छन् । किमको भियतनाम भ्रमणको क्रममा भियतनामका राष्ट्रपति एनगुएन फु ट्रोङ र प्रधानमन्त्री एनगुएन जुआन फुकसँग भेटवार्ता भएको थियो ।