२७ जेष्ठ २०८३, बुधबार
,
Latest
साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको विहारी शैक्षिक योग्यताको प्रमाणपत्र, हालियो मुद्दा



अ+ अ-

काठमाडौँ । भारतको विहार विद्यालयको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उतिम नवआदर्श प्राथमिक विद्यालय, बाराका शिक्षक दिनेश कुमार पाल भेडिहरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको ठहर गरेको थियो । आयोगले छानबिनको क्रममा भेडिहरको विहार विद्यालय परीक्षा समिति, पटनाको रा.कृत उच्च विद्यालय, मधुवन, भारतबाट प्राप्त गरेको एस.एल.सी.तहको नक्कली शैक्षिक प्रमाणपत्र रहेको ठहर गरेको हो ।

भेडिहरले राहतकोटा शिक्षक पदमा नियुक्ति लिई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।

रामेश्वर दंगाल




भर्खरै