२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस भन्छ : शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगायो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा विरोध जनाएको छ । काङ्ग्रेसले शान्तिपूर्ण प्रदर्शनमा पनि प्रहरीको हस्तक्षेप भएको भन्दै खेद व्यक्त गरेको हो ।

प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने खोजेको आरोप लगाएका छन् ।

काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’जनाएको छ ।

खाणले सरकारसँग राहत शिक्षकका माग पूरा गर्न पनि आग्रह गरेका छन् । उनले आन्दोलनमा घाइते भएर उपचारत शिक्षकको स्वास्थ्यलाभको कामना गरेका छन् ।




भर्खरै