९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस भन्छ : शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगायो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा विरोध जनाएको छ । काङ्ग्रेसले शान्तिपूर्ण प्रदर्शनमा पनि प्रहरीको हस्तक्षेप भएको भन्दै खेद व्यक्त गरेको हो ।

प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने खोजेको आरोप लगाएका छन् ।

काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’जनाएको छ ।

खाणले सरकारसँग राहत शिक्षकका माग पूरा गर्न पनि आग्रह गरेका छन् । उनले आन्दोलनमा घाइते भएर उपचारत शिक्षकको स्वास्थ्यलाभको कामना गरेका छन् ।