२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रधानमन्त्रीले गरे २०१९ का लागि कार्यक्रम घाेषणा



अ+ अ-

काठमाडौं– चिनियाँ जनकङ्ग्रेसको दोश्रो अधिवेशन बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको छ । अधिवेशनको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले मंगलबार उद्घाटन गर्दै वार्षिक कार्यक्रमको समीक्षा र सन् २०१९ को आगामी कार्यक्रम प्रस्तुत गरेका छन् ।

२ हजार ९ सय प्रतिनिधिहरु सहभागी सो अधिवेशनमा प्रधानमन्त्री लिले प्रस्तुत गर्नुभएको कार्यक्रमबारे बृहत छलफल हुँदैछ । प्रधानमन्त्री लिले सन् २०१८ मा चीनको वार्षिक बृद्धिदर (जिडिपी) ६.६ प्रतिशत रहेको उल्लेख गरेका छन् । त्यस्तै उनले सन् २०१८ मा चीनको बेरोजगारी दर ५ प्रतिशतमा झार्न सफल भएको जनाएका छन् ।

सन् २०१८ मा १ करोड ३८ लाख ६० हजारलाई गरिबीबाट मुक्त गएिको समेत प्रधानमन्त्री लिले जानकारी दिए । जसमध्ये २८ लाख जनतालाई गरिबीबाट मुक्त गर्न स्थान्तरण गरिएको समेत उनले बताए । प्रधानमन्त्री लिले सन् २०१९ का केही महत्वपूर्ण कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।

जसमा चिनियाँ कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत शिक्षामा खर्च गरिनेछ । त्यस्तै आगामी वर्ष गरिबी निवारण र बेरोजगारी दरका सवालमा समेत केही प्रक्षेपणहरु गरेका छन् । उनले प्रस्तुत गरेका १० वटा बुँदाहरु रहेका छन् ।

प्रस्तुत गरिएका १० वटा बुँदाहरुमा चीनले आर्थिक विकासमा खुकुलोपन अप्नाउने, विदेशी लगानीलाई प्रोत्साहन गर्ने, वान बेल्ट, वान रोडका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छन् ।