८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

बजेटको अर्धवार्षिक समीक्षाः
खर्चको अनुमान घटाइयाे, राजश्व असुलीको लक्ष्य पनि संशोधित

बजेटको अर्धवार्षिक समीक्षाः खर्चको अनुमान घटाइयाे, राजश्व असुलीको लक्ष्य पनि संशोधित
अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/०७६को बजेटको अर्धवाषिर्क समीक्षा प्रतिवेदन सार्वजनिक गर्‍यो । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रालयले यो वर्ष हुने खर्चको अनुमान मात्रै घटाएन, राजश्व असुलीको लक्ष्यलाई पनि संशोधन गरेर खुम्च्यायो ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विकास खर्च अपेक्षा अनुसार नहुँदा बजेट खर्चको अनुमान संशोधन गर्नुपरेको स्पष्टीकरण दिए ।  समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको भन्दै आर्थिक वर्ष सकिँदासम्म खर्च संशोधित अनुमानभन्दा बढी हुने बताए ।

अर्थमन्त्रीले यो फोरमलाई बैंकको ब्याजदर विवाद, अर्थमन्त्री हेरफेरको हल्लाबारे स्पष्टीकरण दिन पनि प्रयोग गरे ।

पुराना पूर्वाधार निर्माणको काममा अवरोध आएको स्वीकार गरेका उनले पुनर्निर्माणको काममा भने गति आएको बताए । मेलम्ची, सिक्टा र अपर तामाकोशी लगायतका ठूलाा सवालमा केही न केही समस्या छन् । यो कुरालाई हामीले स्वीकार पनि गरेका छौं’ उनले भने, ‘यसको विस्तारै समाधान हुन्छ ।’

ब्याजदरका कुरा

अर्थमन्त्री खतिवडाले ब्याजदर कति हुनुपर्ने थियो ? तपाईँहरु तोकिदिनुस् भन्दै पत्रकारहरुलाई व्यंग्य गरे । तर, व्यवसाय पनि उँभो लाग्ने, बैंकले पनि निश्चित नाफा कमाउने बाटो खोज्नुपर्छ भन्न  सजिलो, गर्नलाई कठीन हुने अनुभव सुनाए ।

ब्याजदर अस्वभाविक रुपमा माथि गयो, हामीले चासो लियौं । अर्थमन्त्रीले हस्तक्षेप गर्‍यो भनियो । ब्याजदर असाधारण रुपमा तल गयो, कसैले चिन्ता व्यक्त गरेनन् । बैंकले ७ प्रतिशत ब्याजदरमा लगानी गरेका बेला चिन्ता गर्ने म एक्लो थिएँ ।

यो मुलुकमा ६/७ प्रतिशत ब्याजमा कर्जा पाइन्छ र ऋणमा गाडी किनेर कुदाउँला वा व्यवसाय गरौंला भनेर सोच्न पाइन्छ र ? त्यो हुन के हुनुपर्छ ? निक्षेपकर्तालाई कति दिने ? अर्काे वर्षसम्ममा बैंकको स्प्रेड ४ प्रतिशतमा झारौंला । ६ प्रतिशतमा कर्जा दिएपछि २ प्रतिशत निक्षेपको दर हुन्छ । अनि मुद्रास्फिति ५ प्रतिशत भयो भने पनि बचत गर्ने १ करोड ५० लाख मान्छेको अहिले एक सय रुपैंयाँ बैंकमा राखेर अर्को बर्ष १०२ रुपैंयाँ हुने अनि उसको क्रयशक्ति घटेर ९८ रुपैंयाँ हुने ? यस्तो अवस्था आयो भने के हुन्छ ?

बचतको दर बढेन भनेर हामीले नै गाली खानुपर्छ । यस्ता अस्वभाविक गतिविधि अर्थतन्त्रमा हुनु भएन । यस्ता विकृति रोक्नुपर्छ । अलिकति ढिला भएको पक्कै हो । ७ प्रतिशतमा पाएको ऋण अहिले बढेर १६/१७ प्रतिशत पुग्यो भन्ने धेरैको गुनासो छ । यस्तो अपेक्षालाई हामीले राम्रोसँग बुझ्नुपर्छ । तर, ब्याजदरलाई दुई अतिवादी धारामा जान दिनुहुन्न । व्यवसायिक स्वतन्त्रता पनि चाहिन्छ, हामीले बजारका सिद्दान्तहरुको पालना पनि गर्नु पर्छ ।

सडकको पहेँलो लाइन छाडेर नालाको छेउछाउ तिर जान लागेकालाई त्यतातिर नजानुस् भन्न त पाउनु पर्‍यो नि ! त्यसैले हामीले नालाको छेउछाउतिर पुग्न लागेको बैंकिङ प्रणालीलाई सेन्टरतिर आउनुस् भनेर सुझाव दिएका हौं । बाँकी उहाँहरुकै हातमा छ ।

अर्को कुरा, ब्याजदरको समस्या क्रमशः सुधार हुँदैछ भन्ने तथ्यांकले देखाइरहेको छ । अर्काे महिना रिपोर्टिङ हुन्छ, फेरि पनि यहि बिषयमा छलफल गरौंला । तर, राष्ट्र बैंकले ब्याजदरबारे अलिकति चासो नदेखाएको भए निक्षेपको औसत ब्याजदर १२ प्रतिशत पुग्ने थियो होला, अहिले १० प्रतिशत तल आइसकेको छ ।

तपाईँहरुले अर्को पाटोबाट पनि हेरिदिनुस्, किन कर्जाको माग बढिरहेको छ ? आर्थिक क्रियाकलाप सुस्त छन्, सबै बिगि्रए, नासिए भनिरहनुभएको छ, त्यसो भए कर्जाको माग कहाँ भइरहेको छ ? गाडीमा ५० प्रतिशत डाउनपेमेन्ट राख्नुभएकै छ । औद्योगिक र पुँजीगत समानको आयात ४०/४२ प्रतिशतले बढेको छ । हामीलाई ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर पनि चाहिएको छ, त्यो वृद्धिका लागि चाहिने सामान पनि आयात गर्नुछ, बैंकको कर्जा पनि बढाउनुछ, अनि सबै कर्जा सस्तोमा दिनुपर्छ र भनेजति उपलब्ध पनि गर्नुपर्छ ! यति विज्ञता भएको अर्थमन्त्री त हुँदैन सायद ।

कहिँ न कहिँ सम्झौता गर्नुपर्छ । सम्झौता गर्न हामी तयार हुनुपर्छ । यो अर्थमन्त्रीले असम्भव कुरालाई पनि सम्भव बनाउँछ भन्ने अपेक्षा छ भने त्यो चाँही हुँदैन ।

अर्थशास्त्रका नियमले भन्छ, ब्याजदर, विनियम दर र मुद्रास्फिति निर्धारण एकै पटक गर्न सकिन्न । ३ मध्ये २ वटा हामी निर्धारण गर्न सक्छौं, एउटा बजारमा खुला छाड्नुपर्छ । यो अर्थतन्त्रको सर्वमान्य सिद्धान्त हो, म पनि यसै अनुसार चल्नुपर्छ । ३ वटै ठाउँमा हस्तक्षेप गर्न खोज्यो भने त्यो बजार अर्थतन्त्र रहँदैन ।

पुँजीगत कम भएकै हो

अर्थमन्त्री डा. खतिवडाले पुँजीगत खर्च र आर्थिक बृद्धिदरबारे पनि बोलेका छन् । उनका अनुसार आर्थिक बृद्धिद्धरको लक्ष्य ८ प्रतिशत भेट्टाउन गाह्रो छ ।

६ महिनाको आर्थिक वृद्धिको तथ्यांक केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरिसक्यो । वृद्धिदर ७ प्रतिशतको वरिपरी छ । पुँजीगत खर्च अलिकति कम छ, त्यसैले हामी ८ प्रतिशत आर्थिक वृद्धि भनिरहेका छैनौं । ७ देखि ८ को बीचमा हुन्छ ।

फागुनसम्मको तथ्यांक नलिई तथ्यांक विभागले दोस्रो चौमासिकको तथ्यांक दिँदैन । त्यसो हुनाले चैतको दोस्रो तेस्रो सातामा यो वर्षको आर्थिक वृद्धि कति हुन्छ भनेर निकाल्छौं । तथ्यांक विभाग आफैंमा स्वायत्त र स्वतन्त्र संस्था हो । उहाँहरुको आफ्नै व्यवसायिकता छ । हामी त्यसको सम्मान गछौं ।

तर, अहिलेसम्मको परिसूचकले सात प्रतिशतमाथि आर्थिक वृद्धि हात पर्ने सम्भावना देखाएका छन् । तर, पुँजीगत खर्च कति गर्न सक्छौं, बैंकमा तरलताको प्रवाह कति हुन्छ भन्ने पनि महत्वूर्ण हुन्छ । बैंको कर्जा प्रवाह एक खर्ब बढी हुनु र नेपालको सरकारले विकासमा एक खर्ब हुनु उस्तै-उस्तै हो ।

बैंकिङ कर्जाका लागि कर्जायोग्य स्रोत पुग्छ कि पुग्दैन ? थप पैसा आउँछ कि आउँदैन ? हेर्नुपर्छ । सकेसम्म सरकारले पुँजीगत खर्च गर्ने हो, नभए बैंकिङ तरलताबाट प्रवाह हुने कर्जाले ५५ अर्ब विकास बजेट खर्च नहुँदाको क्षतिपूर्ति गर्नसक्छ ।

अलि-अलि बोसो घटाएकै हो

अर्धबाषिर्क समिक्षाका क्रममा अर्थमन्त्री खतिवडाले वैदेशिक मुद्रा सञ्चितिबारे पनि बोले । उसकाअनुसार थोरथोरै वैदेशिक मुद्रा सञ्चिती घटाएकै हो ।

अहिले अलिकति वैदेशिक मुद्राको सञ्चिति घटेको छ । अलि-अलि बोसो घटाएकै हो । अलिनो पनि नखाने, नुन ढिको पनि नफोर्ने भन्ने हुँदैन । अलि अलि नुन ढिको फोरिएकै छ तर, राम्रो कामका लागि । नचाँहिदो वस्तु आयात गर्न होइन, पुँजीगत र औद्योगिक वस्तु आयात गर्न वैदेशिक मुद्रा खर्च हुन्छ ।  विगतको देखाइने वैदेशिक मुद्राको सञ्चिति त आर्थिक वृद्धि नभएकै प्रतिविम्व हो । वैदेशिक मुद्राको सञ्चितिलाई व्यवस्थापन गरेर हामी अघि जानु छ ।

खर्चको प्रवृत्ति सुधार भएन भन्ने साँचो हो । हामी ठूलठूला विकास खर्च गर्ने मन्त्रालयसँग कुरा गर्दैछौं । मन्त्रालयको अनुगमन प्रधानमन्त्री कार्यालयबाटै पनि भएको छ । सर्कलमा रातो त तपाईंहरुले पनि देख्नुभएको छ । अब त्यसलाई हरियोमा देख्न पाइन्छ कि भन्ने मलाई पनि लागिरहेको छ ।

बाँकी भन्न मन लागेको कुरा वडो स्वादिलो छ, अघिल्लो पटक चाँही म वासिङ्टन डिसीमा विश्व बैंकको बैठकमा जाँदा अर्थमन्त्रीलाई हटाइसकियो रे भनेर लेखियो । अस्ति बेलायतमा हुँदा चाँही आफैंले राजीनामा दिए भन्नुभयो । अर्कोपटक चाँही कहिले पनि राजीनामा नदिएर बसिरहने भए भनेर लेख्ने हुन् कि ? (साभारः अनलाइनखबर डट कम)