२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टेम सेल प्रत्यारोपण गर्दा एचआईभी गायब !



अ+ अ-

लन्डन । स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना दोस्रेपटक घटेको पनि तिनीहरुले जनाएका छन् ।

बेलायतको राजधानी लन्डन निवासी ती नाम नखुलाइएका बिरामीको क्यान्सरको उपचार हुँदै थियो ।

विगत १८ महिनादेखि एचआईभीको लक्षण घट्दै गएपछि उनले एचआईभीविरुद्धको औषधि सेवनसमेत छोडिसकेको बताइएको छ ।

तर, अनुसन्धानकर्ताहरुले भने अहिल्यै उनको एचआईभी निको भइसकेको भन्न पनि नसकिने बताएका छन् । यसैगरी विशेषज्ञहरुले अधिकांश एचआईभी पीडितलाई यस विधिबाट उपचार गराउनु व्यवहारिक नभएको तर एक दिन एचआईभीविरुद्धको सफल उपचार पत्ता लगाउन यो उपाय सहायक सिद्ध हुने बताएका छन् ।

यी बिरामीलाई सन् २००३ मा एचआईभी भएको पत्ता लागेको थियो भने उनी सन् २०१२ मा होड्नकिन्स लिम्फोमा नामक क्यान्सरको अन्तिम चरणबाट पीडिट हुन पुगेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।