२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गम क्षेत्रमा उडान भर्ने ‘वाई१२–ई’ पाइलट भएर पनि उडाइएन



अ+ अ-

काठमाडौँ । दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज तीन महिनादेखि ग्राउन्डड छन् । यसअघि पाइलट नभएकाले जहाज उडाउन नसकिएको बताउने निगमले अहिले पाइलट भएर पनि जहाज उडाएको छैन ।

‘वाई१२–ई’ चार जहाजमा उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जय बादे श्रेष्ठ र आङनुरी शेर्पा गरेर चार क्याप्टेन छन् । तीमध्ये उद्धव घिमिरे एअर बस तालिमका लागि इन्डोनेसिया छन् । घिमिरे तालिममा गएलगत्तै भट्टराई र श्रेष्ठ पुष २९ गतेबाट बिदामा बसेका थिए । त्यस बेलाबाटै चारै थान ‘वाई१२–ई’ जहाज ग्राउन्डेड छन् ।

यसअघि पाइलट नभएर ती जहाज नउडाइए पनि अहिले निगमले पाइलट भएर पनि उठाइएको छैन । बिरामी बिदामा रहेका पाइलट भट्टराई र श्रेष्ठ दुवै फागुन १३ र १६ गते काममा फर्किसकेका छन् । यी दुई पाइलटले दुइटा जहाज उडाउन सक्छन् । तर, पाइलट काममा फर्किएको हप्ता दिन बित्दा पनि निगमले जहाज उडाउन चासो दिएको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।