१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लज्जास्पद हारसँगै रियल अन्तिम १६ बाटै बाहिरियो



अ+ अ-

काठमाडौँ । साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४–१ गोलअन्तरले पराजित भएको हो । समग्रमा रियल मड्रिडले ५–३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगमा भने रियल मड्रिडले आयाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

खेलको सातौं मिनेटमा नै हाकिम जियाचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको आयाक्सले खेलको १८औं मिनेटमा दोब्बर अग्रता बनायो । यो पटक डेभिड नेरेसले गोल गरेका थिए ।

त्यस्तै, ६२ औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको अग्रतालाई ३–० मा पुर्‍याएका थिए । तर मार्को एसेन्सियो ७० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरेका थिए । लसी स्चोनले ७२ औं मिनेटमा गोल गर्दै आयाक्सलाई ४–१ गोलको जित दिलाए ।

योसँगै युरोपियन च्याम्पियनको रुपमा रियलको १ हजार ११ दिनको अधिपत्य समाप्त भएको छ ।

दुई वर्ष, ९ महिना ५ दिनअघि सन् २०१६ मा मिलानमा भएको च्याम्पियन्स लिग फाइनल जिते यता रियललले लगातार तीन पटक च्याम्प्यिन्स लिगको उपाधि जितेको थियो ।

उता, टोटनह्यामले भने ह्यारी केनको एक मात्र गोलको मद्दतले बोरुसिया डर्टमण्डलाई पारजित गरेको छ ।