८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरुद्ध बोल्ने मन्त्रीलाई हटाए

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरुद्ध बोल्ने मन्त्रीलाई हटाए
अ+ अ-

पाकिस्तान । पाकिस्तानको पंजाब प्रान्तको सूचना तथा संस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई हिन्दुमाथि दिएको आपत्तिजनक बयानपछि पदबाट हटाएका छन् ।

पंजाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले फैयाज चौहानको यो बयानपछि स्पष्टिकरणका लागि बोलाएका थिए । त्यसपछि उनले आफ्नो राजीनामा दिएका छन्।

मुख्यमन्त्रीको तर्फबाट जारी बयानमा इमरान खानको नेतृत्व भएको पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीमा कुनै प्रकारको भेदभाव सहन नसकिने बताइएको छ ।

चौहानले हिन्दुलाई गाईको मूत्र पिउने बताउँदै भारत पाकिस्तानको प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए ।

यो बयानको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको थियो ।

पाकिस्तानको सोसल मिडियामा #SackFayazChohan र #Hindus टप ट्रेन्डमा रहे ।

उनको बयानपछि सोसल मिडियामा मात्रै नभई पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीका नेताले पनि उनको आलोचना गरेका थिए ।

चौहानले फेब्रुअरी १४ मा लाहोरको एक कार्यक्रमका बेला यो विवादित बयान दिएका थिए तर यसको भिडियो क्लिप सोमबार भाइरल भयो ।

प्रधानमन्त्री इमरान खानको राजनीतिक मामलाका सल्लाहकार नईमुल हकले एक ट्वीटमा पीटीआई यस्तो बकवास सहन नसक्ने बताएका छन् ।

उनले एक ट्वीटमा भने, ‘हिन्दु समुदायविरुद्ध पंजाबका सूचनामन्त्री फैयाज चौहानको आपत्तिजनक बयानमा कडा कारवाही हुनुपर्छ । मुख्यमन्त्रीसँग सल्लाह लिएपछि उनीमाथि कारवाही हुनेछ ।’

यस्तै, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसले ट्वीटरमा लेखे, ‘पाकिस्तानी झण्डामा जुन गर्वसहित हरियो रंग समावेश छ त्यसै गर्वसँग सेता रंग पनि छ जसले हिन्दु समुदायको योगदानको सम्मान गर्छ । ’

यस्तै, मानवाधिकार मामलाकी मन्त्री शिरिन मजारीले पनि चौहानको आलोचना गर्दै ट्वीट गरिन्, ‘म यसको घोर भर्त्सना गर्छु । कसैको धर्ममाथि हमला गर्ने अधिकार कसैसँग पनि छैन । हाम्रा हिन्दु नागरिकले आफ्नो देशका लागि बलिदान दिएका छन् । हाम्रो प्रधानमन्त्रीको सन्देश सहिष्णुता र सम्मानयुक्त छ र हामी कुनै पनि घृणालाई बढ्न दिँदैनौं ।’