१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको हनुमानढोका पछाडि रहेको मखन टोलमा आगलागी



अ+ अ-

काठमाडौ । काठमाडौँको हनुमानढोका पछाडि रहेको मखन टोलमा आगलागी भएको छ।सुरज आर्केड सारी पसलबाट आगो सुरु भएको हो ।

आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी बासुदेव खत्रीले जानकारी दिए।

६ वटा दमकलले आगो नियन्त्रण लिने प्रयास गरिरहेको छ। आगलागीको कारण र क्षतिबारे जानकारी आइनसकेको डिएसपी खत्रीले बताए।