२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने,राउत नेकपामा प्रवेश गर्दै



अ+ अ-

काठमाडौँ । राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका छन् ।राउतले अखण्ड नेपाल स्वीकार गर्ने भएका पछि पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।

स्रोतका अनुसार राउतले स्वतन्त्र मधेशको नारा त्याग्ने र स्वतन्त्र मधेश गठबन्धन नामक संगठनलाई पनि विघटन गर्ने घोषणा गरेका हुन् ।

अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

स्रोतका अनुसार राउत नेकपा प्रवेश गर्दैछन् ।

राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।