२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकको भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले बिहीबार सुचना प्रकाशित गरेर सो निर्णय गरेको हो ।

प्रकाशित सुचना अनुसार इकाईले उक्त ठेक्का अब समानान्तर जेभीलाई ठेक्का दिन लागेको हो । उक्त कम्पनीको प्रस्तावित ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८६ करोड २२ लाख ७१ हजार छ ।

इकाईले असारमा भवन निर्माणका लागि टेन्डर आह्वान गरेकामा सबभन्दा कम दररेट प्रस्ताव गरेको पप्पुले असोजमा ठेक्का पाउने निश्चित थियो । तर, विवादित कम्पनीलाई दिन लागिएको भन्दै आलोचना भएपछि निर्णय रोकिएको थियो । त्यसपछि प्राधिकरणले आवश्यक निर्णयका लागि प्रधानमन्त्री कार्यालय पठाएकोमा ६ महिनापछि बल्ल टुंगो लागेको हो ।

इकाइले फागुन १६ गते गोरखापत्रमा प्रकाशित गरेको सिको समानान्तरको ठेक्का स्वीकृत गर्ने ७ दिने आशयको सुचनाको म्याद बिहीबार सकिएको छ ।

ठेक्का ओगटै समयमा काम नसक्ने, निर्माण गरेका पूर्वाधार गुणस्तरहीन भएको सर्वजनिकपछि सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिनसमेत गरेको थियो । सबैभन्दा धेरै पुलको ठेक्का लिएर समयमै नसक्नेमा पप्पु कन्स्ट्रक्सन पर्छ ।

राष्ट्र बैंकको थापाथलीस्थित अर्को भवनको निर्माण भने तीव्र रुपमा भइरहेको छ । बैशाखमा टेण्डर आह्वान गरिएको भवनको ठेक्का बिलिल कन्टेक जेभीले लिएको छ । ३० महिनाभित्र सक्ने गरी १ अर्ब ८७ करोडमा ठेक्का दिइएको हो ।