८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

राउत भन्छन्- ‘हामी बुद्धका सन्तान हौ, अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ’,शान्तिपुर्ण आन्दोलनको मार्ग समाते

राउत भन्छन्- ‘हामी बुद्धका सन्तान हौ, अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ’,शान्तिपुर्ण आन्दोलनको मार्ग समाते
अ+ अ-

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग समातेर आएको भन्दै यो आन्दोलनमा सरकारी पक्षले देखाएको संयमता पनि सराहनीय रहेको बताएका छन् । हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि गाह्रो हुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई आह्वानसमेत गरे ।

आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले भने हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ,’ उनले भने सहमतिले सरकार र जनता सबैको जित भएको छ ।

‘ सरकार र आफ्नो संगठनबीच भएको सहमति ऐतिहासिक । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौँ । जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो त्यसले कस्तो भयाभह रुप लेला भनेर । त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गर्नुभयो । बल प्रयोग गर्नुभएन । जसले गर्दा आन्दोलनले नकारात्मक मोड लिएन उनले भने ।’

‘यस्तो महत्वपूर्ण सहमतिका लागि प्रधानमन्त्री स्वयम्ले पहल गरेर, मुद्दाको बेदना बुझेर कदम चालेकोमा प्रधानमन्त्री धन्यवादको पत्र हुनुहुन्छ,’ राउतले भने ।

प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको राउतले बताए ।

उनले जनमत संग्रहको आधारमा समस्या समाधान गर्न दुवै पक्ष तयार भएकाले यो सहमति भएको दाबी गरे ।