२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउत भन्छन्- ‘हामी बुद्धका सन्तान हौ, अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ’,शान्तिपुर्ण आन्दोलनको मार्ग समाते



अ+ अ-

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग समातेर आएको भन्दै यो आन्दोलनमा सरकारी पक्षले देखाएको संयमता पनि सराहनीय रहेको बताएका छन् । हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि गाह्रो हुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई आह्वानसमेत गरे ।

आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले भने हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ,’ उनले भने सहमतिले सरकार र जनता सबैको जित भएको छ ।

‘ सरकार र आफ्नो संगठनबीच भएको सहमति ऐतिहासिक । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौँ । जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो त्यसले कस्तो भयाभह रुप लेला भनेर । त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गर्नुभयो । बल प्रयोग गर्नुभएन । जसले गर्दा आन्दोलनले नकारात्मक मोड लिएन उनले भने ।’

‘यस्तो महत्वपूर्ण सहमतिका लागि प्रधानमन्त्री स्वयम्ले पहल गरेर, मुद्दाको बेदना बुझेर कदम चालेकोमा प्रधानमन्त्री धन्यवादको पत्र हुनुहुन्छ,’ राउतले भने ।

प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको राउतले बताए ।

उनले जनमत संग्रहको आधारमा समस्या समाधान गर्न दुवै पक्ष तयार भएकाले यो सहमति भएको दाबी गरे ।