१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्यान्दा तुन्द्री जोडेर सरकारलाई समर्थन गरेका थिए, आवेश र उत्त्तेजनामा आए समर्थन फिर्ता लिए : प्रम ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजापा विरुद कटाक्ष गर्दै त्यान्दा तुन्द्री जोडेर सरकारविरुद्ध अभियोग तयार गरेर समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन् । उनले आवेश र उत्त्तेजनामा आएर आफुलाई गरेको समर्थन फिर्ता लिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतलाई सरकारले निर्देशन दिन नमिल्ने भन्दै अदालतको रिस सरकारमाथि पोखिनु ठिक नभएको तर्क गरे ।

‘मैले अस्तिका दुई घटना देखेँ । अदालतले एउटा मुद्दाको फैसला गर्यो । राज्यको अंग हो अदालत । तर सरकारको अंग होइन । सरकारले यसलाई छाड भन्दैमा छाड्ने र समा भन्दैमा समाउने त गर्दैन् नी ? ओलीले भने ।’

‘सरकारले अदालतलाई निर्देशन गर्न मिल्दैन । अदालतले न्याय कानुन सम्मत गर्ने हो । घटना हेरेर अदालतले फैसला गर्यो,’ उनले भने, ‘एउटा राजनीतिक पार्टीले बहुत उत्खनन् गरेर तिलका दाना पनि टिपेको छ, तोरीका दाना पनि टिपेको छ, मकैका दाना पनि टिपेको छ । त्यान्दा तुन्द्री जोडेर सरकारविरुद्ध अभियोग तयार गरेर समर्थन फिर्ता लिने निर्णय गरेँ ।’

विभिने बहानामा आफ्नो अस्तित्व देखाउने र देशलाई तनावतिर लिने समय नभएको उनले तर्क गरे ।