८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

तराईमा ‘जनअभिमत’ भनेको के हो ? सरकारको जवाफ चाहियो– डा.महत

तराईमा ‘जनअभिमत’ भनेको के हो ? सरकारको जवाफ चाहियो– डा.महत
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले हिजो सिके राउतसँग गरेको सहमतिको विषयमा नेपाली काँग्रेसको गम्भीर आपत्ति रहेको स्पष्ट गरेका छन् ।

सो सहमतिपछि स्वयं सिके राउतले नै सरकार तराईको विषयमा जनमत संग्रहको लागि तयार भएको भन्दै भाषण गरेका छन् तथा सरकार र उनीबीच भएको सम्झौतामा पनि ‘जनअभिमत’ भन्ने शब्द प्रयोग भएको छ भन्दै डा.महतले भने– यो के भनिएको हो, त्यसको जवाफ नेपाली जनतालाई चाहियो ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको भेलालाई आज सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले भने– के तराईको विषयमा सरकार जनमत संग्रहका लागि तयार भएको हो ? अथवा त्यो जनअभिमत शब्दले के भन्न खोजेको हो भन्ने बारेमा स्वयं प्रधानमन्त्री र सरकारले नेपाली जनतालाई स्पष्ट गरुन्, आफ्नो धारणा सार्वजनिक होस् ।

नेपाली काँग्रेस सधैँ शान्ति, समृद्धि तथा राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा रहेकाले यस्ता विषयमा हुने सहमति र सम्झौताको विरोधी कहिल्यै नरहेको स्पष्ट गर्दै तर यो अकस्मात राउतसँगको सहमति केका लागि आयो ? सरकारले देखिने गरी नै त्यो जनअभिमत शब्दको प्रयोग गरेर किन सहमति गर्नु परेको हो ? अकस्मात तराईमा जनमत संग्रहको कुरा किन र कसरी आयो ? यी यावत विषयमा काँग्रेसको गम्भीर आपत्ति र आशंका छ, सरकारले स्पष्टसँग जवाफ दिनुपर्छ, अन्यथा काँग्रेस चुप लागेर बस्दैन– डा.महतले भने ।

यो सम्झौता सरकारले बडो षडयन्त्रपूर्ण र जालझेलपूर्ण रुपमा गरेको गम्भीर आशंका काँग्रेसलाई भएको धारणा पनि उनले राखे । उनले यो सरकारका कारण नेपालको कूटनीतिक सम्बन्ध अत्यन्तै कमजोर र धरासायी बन्दै गएको तर्क राखे ।

देशलाई यतिखेर जबर्जस्त उल्टो बाटोमा हिडाउन खोजिएको, आर्थिक अवस्था झन् कमजोर हुदै गएको, वैदेशिक लगानीको मात्र घट्दै गएको र श्रमिक बर्गको सुरक्षा सरकारको भाषण या प्रचार गर्ने विषय मात्र भएको आरोप उनको थियो ।