८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन–ट्रम्प

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन–ट्रम्प
अ+ अ-


वासिङ्टन : संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी रहेको तर अमेरिकाका जायज सरोकारहरु सम्बोधन नहुँदासम्म चीनसँग कुनै सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । राष्ट्रपतिका एक जना आर्थिक सल्लाहकारले पनि राष्ट्रपति ट्रम्प वार्ताबाट कुनै पनि समय बाहिरिन सक्ने चेतावनी दिनुभयो । 

गत वर्षदेखि नै दुई आर्थिक महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको थियो । दुबै देशबाट एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानको आयात निर्यात गर्दा करवृद्धि गर्ने घोषणा गरिएको छ । यी कदमले विश्वको आर्थिक वृद्धि र व्यावसायिक आत्मविश्वासमा जोखिम सिर्जना गरेको छ । 

“मलाई सम्झौता हुनेमा पूर्ण विश्वास छ, तर यसमा अमेरिकी हित नसमेटिए म हस्ताक्षर गर्दिनँ,” आँधीले तहसनहस भएको अलाबा राज्यको भ्रमणमा निस्कनुअघि ह्वाइट हाउसमा संवाददाताहरुलाई राष्ट्रपति ट्रम्पले बताउनुभयो । 

अमेरिकी र चिनीया अधिकारीहरुले विवाद समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताएका छन् तर बेइजिङस्थित अमेरिकी कुटनीतिज्ञले शुक्रबार तत्कालै दुबै मुलुकबीच सम्झौता भइहाल्ने स्थिति नरहेको बताउनुभएको छ । 

अमेरिकाले चीनमा गहिरो संरचनात्मक परिवर्तन हुनुपर्ने माग गरिआएको छ । विदेशी लगानीकर्ताहरु र आफ्नो स्वामित्वका उद्यमहरुमाथि चीनले गरिरहेको फरक व्यवहारमा परिवर्तन गर्नुपर्ने अमेरिकी माग छ । साथै, अमेरिकाले चिनीया मुद्रा र अमेरिकी प्रविधिको संरक्षणलाई प्रमुख विषयका रुपमा उठाएको छ । 

ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले चिनीया राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको शिखर वार्ता आगामी अप्रिलमा मात्र हुन सक्ने बताउनुभयो । दुबै देशका अधिकारीहरुले यसअघि शिखर वार्ता यसै महिना अर्थात मार्चको अन्त्यतिर हुन सक्ने बताएका थिए । 

कुड्लोले अमेरिकी टेलिभिजन च्यानल सीएनबीसीसँग कुरा गर्दै शिखर वार्तामा सहमति हुने सम्भावना नभए राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको हनोई शिखर बैठकमा झैं वार्ताबाट बाहिरिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति सीसँगको बैठकको समयसीमा अहिल्यै भन्न सकिन्न ।” 

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले पनि दुई देशबीच व्यापार सम्झौता गराउन निरन्तर कार्य गरिरहनुभएको छ । व्यापार वार्ता सकारात्मक दिशातर्फ नै अग्रसर रहेको जनाउँदै भन्नुभयो, “फ्लोरिडामा बैठक हुन सक्छ । यो बैठक यसै महिना वा अर्को महिनाको शुरुमा हुन सक्दछ ।” 

अमेरिकासँगको व्यापार वार्ताप्रति आशावादी छौं – चिनीया अधिकारी 

चीन र अमेरिकाबीचको व्यापार वार्तामा सकारात्मक प्रगति हुनेमा चीन आशावादी रहेको चिनीया अधिकारीहरुले बताएका छन् । चीनका बाणिज्य उपमन्त्रीले दुबै देशका वार्ताकारहरुले अहोरात्र खटिएर व्यापारमा देखिएका असमझदारी हटाउन प्रयास गरिरहेको बताउनुभयो । 

दुबै देशका मध्यस्थकर्ताहरुले यसअघि तीन पटक वार्ता गरिसकेका छन् । अर्को साता हुने छलफलमा सम्झौतालाई अन्तिम स्वरुप दिन प्रयास गरिने बताइएको छ । 

“चीन–अमेरिकाबीच जारी व्यापार परामर्श बैठकले कुनै निचोड निकाल्नेमा म ज्यादै आशावादी छु,” उपमन्त्री वाङ शाउवेनले बताउनुभयो । 

बाणिज्य अधिकारीहरुले चीनले प्रस्ताव गरेको विदेशी लगानीसम्बन्धी कानुनले सरकारी टेन्डरहरुमा विदेशी कम्पनीले पनि भाग लिन पाउने व्यवस्था गरेको जानकारी दिए । चिनीया जनकङ्ग्रेसमा प्रस्तुत गरिएको उक्त कानुन अर्को शुक्रबार पारित हुने अपेक्षा गरिएको छ । 

उपमन्त्री वाङले प्रस्तावित कानुनमा ४८ वटा क्षेत्रलाई “संरक्षित सूची” मा राखिएको छ जहाँ विदेशी लगानीलाई या त निषेध गरिएको छ वा विशेष अनुमति आवश्यक पर्नेछ । “सम्पूर्ण प्रक्रिया खुला छ र विदेशी लगानीकर्ताका लागि कानुनी संरक्षणको व्यवस्था छ ।” 

विदेशी फर्महरुका लागि चीनको व्यवसायिक वातावरणका बारेमा उत्पन्न चासोलाई सम्बोधन गर्ने लक्ष्य लिइएको यो कानुन पारित भएमा विदेशी लगानी अझ बढी आकर्षित हुने चीनको विश्वास छ । 

यो कानुनले प्रविधिको गैरकानुनी हस्तान्तरणलाई प्रतिबन्ध लगाएको छ भने विदेशी व्यवसायमा अवैध सरकारी हस्तक्षेपलाई पनि रोक्नेछ । यी दुई विषयलाई अमेरिकी सरकारले विगतदेखि नै उठाउँदै आएको छ ।