८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

सिके राउत संविधान मान्छु भनेर आए : प्रधानमन्त्री ओली

सिके राउत संविधान मान्छु भनेर आए : प्रधानमन्त्री ओली
अ+ अ-

रौतहट — प्रधानमन्त्री केपी ओलीले सिके राउत संविधान मान्न तयार भएपछि मूलधारको राजनीतिमा आएको बताएका छन् । संविधानले दिएको अधिकारभित्र रहेर जनअभिमत सम्मान गर्छु भन्ने प्रतिबद्धताका साथ राउत मूलधारको राजनीतिमा आएको उनले बताए ।

रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश नम्बर २ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतालाई सम्मान गर्ने, अखण्डताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य भएको बताए ।‘म उहाँलाई सम्मान गर्छु’ प्रधानमन्त्री ओलीले भने, ‘अब उहाँले बिखण्डनकाे राजनीति छाडिसक्नु भयो।’

नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी एकताबारे केही शङ्का नगर्न कार्यकर्तालाई आग्रह गरे। ‘पार्टी एकतापछि जिल्ला तहसम्म कमिटी गठनमा ढिलाइ भएकै हो,’ उनले भने, ‘चाँडै टुग्याउँछौं । एकतालाई अन्तिम रूप दिने काममा अब ढिलाइ हुँदैन।’

राजपा नेताहरुप्रति लक्षित गर्दै उनले भने, ‘एउटा प्रदेशमा एकपल्ट जनतालाई झुक्क्याएर अलिकति भोट पायो भनेर ठूला कुरा नगर्नुस्।’

प्रधानमन्त्री ओलीले जनताले धेरै पटक धेरै पार्टीको सरकार हेरिसकेकाले आफू नेतृत्वको सरकारले समृद्ध नेपालको लक्ष्य पूरा गर्ने दाबी गरे।

‘अस्थायी सरकार बन्यो, कहिले कुन पार्टीको कहिले कुन पार्टीको,’ उनले भने, ‘जनता वाक्कदिक्क भए। अहिले कम्युनिस्ट बहुमतको सरकार छ। अब समृद्धिको अभियान चलिसकेको छ।’


अहिलेको सरकार कसैप्रति पूर्वाग्रह राख्ने नीतिमा नभएको स्पष्ट पारे। यो सरकार जनताको भएकाले मुलुक विकासको जिम्मेवारी निर्वाह गर्ने उनले विश्वास दिलाए । तराई/मधेसको विकासमा सरकार सदैव अघि बढ्ने पनि उनले सुनाए।