२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेश केडिया अपहरण काण्डका २ जना भारतमा पक्राउ



अ+ अ-

पर्साः वीरगंजका उद्याेगी व्यवसायी सुरेश केडियालाई बारा महागढीमाई नगरपालिका-१ स्थित पसाहा पुलबाट अपहरण गरी शरीर बन्धक बनाएकाे अाराेपमा दाेषी ठहर गरिएका तर फरार रहेका २ जना भारतीय पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरू अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजना तथा संगठित अपराध मुद्दामा फरार रहेका प्रतिवादीहरु हुन् ।

पक्राउ परेकाहरूमा भारत बिहार, मोतिहारी बस्ने ३५ वर्षिय बब्लु पासवान र सोही ठाउँ बस्ने २५ वर्षीय नन्की महतो भन्ने विजय महतो कुशवाहा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । भनिन्छ, केडियाले करिब १० कराेड फिराैती बुझाएर अपहरण मुक्त भएका थिए ।

उनीहरूले २०७३ जेठ १३ गते पर्सा बीरगंज महानगरपालिका-६ बस्ने सुरेश केडियालाई बारा महागढीमाई नगरपालिका-१ स्थित पसाहा पुलबाट अपहरण गरी भारततर्फ लगेका थिए । तर कनाैडिया भारत मोतिहारीबाट भारतीय प्रहरीको सहयोगमा अपहरण मुक्त भएका थिए ।

घटनामा बब्लु मुख्य योजनाकार रहेका थिए भने विजयले अपहरण पश्चात गाडी चलाई लगेका थिए ।

अपहरणमा संलग्न रहेकाे अाराेपमा यसअघि नै केही व्यक्ति पक्राउ परिसकेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।