२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णेलको निजी घर बनाउन सेना



अ+ अ-

नवलपरासी — बहालवाला कर्णेलले आफ्नो घरको पर्खाल लगाउन नेपाली सेनाका जवानलाई खटाएका छन् । कर्णेल रवीन्द्र लुइँटेलले गैंडाकोट नगरपालिका–२ प्रगति टोलस्थित १२ आना जग्गामा पर्खाल लगाउन चार दिनमा ५८ सैनिक खटाएका हुन् ।  

निजी काममा सेना प्रयोग गरेको भन्दै स्थानीयले उनको विरोध गरेका छन्। लुइँटेल हात्तीखोरस्थित नेपाली सेनाको वन तथा पर्यावरण निर्देशनालयका गणपति हुन्। सैनिकलाई यसरी निजी काममा लगाउनु सैनिक ऐनविपरीत हो।

उक्त जग्गा लुइँटेलकी आमा रामपियारीको नाममा छ। बिहीबारदेखि शुक्रबारसम्म दैनिक ८ घण्टाका दरले सैनिक काममा खटिएका थिए। शनिबार बिहानैदेखि २२ सैनिक परिचालन गरिएका थिए। तीमध्ये कोही सैनिक पोसाक त कोही सेनाको काम गर्दा लगाउने पोसाकमा थिए। हात्तीखोरबाट ४१ किलोमिटर टाढाको गैंडाकोटस्थित जग्गामा सैनिक ओसार्न ना १ झ ९९७ नम्बरको सरकारी पिकअप भ्यान र ट्रक प्रयोग गरिएको छ। निजी काममा सेनाको गाडी प्रयोग गरिएकोमा पनि स्थानीयले आलोचना गरेका छन्।

सैनिकले चार दिनमा ४५ फिट लामो पर्खाल लगाइसकेका छन्। तल ढुंगाले उठाएर माथि इँटाको पर्खाल लगाइएको छ। सेनाका डकर्मी र सिकर्मी ल्याएर खाल्डा खन्ने, ढुंगाको पर्खाल लगाउन लगाएका कर्णेलले तिनलाई छुट्टै पारिश्रमिक दिँदैनन्।
‘करसापले उर्दी जारी गरेपछि घरकै काम भए’नि नाइँ भन्न पाइएन,’ एक सैनिक जवानले भने, ‘शान्ति सेनामा जान छनोटमा परेका छौँ, करसाबको बाङ्गो आँखा परे जान पाइन्न, काममा खुरुखुरु खटिनै पर्‍यो।’ लुइँटेलले भने आफू मौलाकालिका मन्दिर पुगेर फर्किंदा साथमै रहेका जवान आफ्नो घरमा खाना खाएर फर्किएको जवाफ दिए। ‘त्यसरी काममा लगाउन पर्ने नै छैन,’ उनले भने। ‘ म सरकारी कर्मचारी हाम्रो चिनजान छदैछ नि। ‘ ती कर्णेलले भने ।

(कान्तिपुरमा खबर छ )