२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?



अ+ अ-

काठमाडौँ । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए ।

सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन् । अब उनको योजना के छ रु सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ । उनले सरकारसँग अचानक गरेको सहमतिले मधेसका राजनीतिमा पक्कै नयाँ ‘डिस्कोर्स’ दिनेछ ।

मधेस केन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ । सत्तारुढ दलले पनि नेकपामा ल्याउँदा के होला भनेर हल्लाकै रुपमा भए पनि परीक्षण गरिसकेको छ कतिपयले प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेस केन्द्रित दल बनाउने विश्लेषण गरिरहेका छन् । उनी कतै मधेस केन्द्रित दलसँगै मिल्न सक्ने अनुमान पनि धेरैको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।