१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित



अ+ अ-

काठमाडौं । सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराईरमधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन् ।

सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन् ।

राजपा अध्यक्ष मण्डलको शनिबार बसेको बैठकमा सरकार र राउतबीच भएको सहमतिमा विभिन्न कोणबाट छलफल भयो। बैठकपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘ शुक्रबार सरकार र राजपाबीच भएको सहमतिले सरकारप्रति धेरै प्रश्न खडा गरेको छ। अबका दिनमा राउतका गतिविधि कस्ता हुने छन्, त्यो हेर्न बाँकी नै छ।’ सरकारले नै राउतलाई प्रयोग गर्दै आएको उनको भनाइ थियो ।

उनले भने, ‘राउतलाई देखाएर हामीले रोटी सेक्ने गरका होइनौं । सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ ।’ आगामि दिनमा राउतले कसको हितमा गतिविधि गर्ने हुन यसबारे अहिले नै केही भन्न नसकिने बताउँदै उनले भने, ‘राउतले जनमतसंग्रहमा सरकारले सहमति जनायो भनेका छन तर सरकारले जनमतसंग्रहमा सहमति नभएको बताएको छ । यस विषयमा प्रधानमन्त्रीले स्पष्ट भन्नुपर्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।




भर्खरै