२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो हाफमा सिटीका रहिम चम्किँदा वाटफोर्ड पराजित



अ+ अ-

काठमाडौँ । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले वाटफोर्डलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङले ह्याट्रिक गोल गरे । यता, वाटफोर्डका जिरार्ड डिउलोफिउले गोल गरेका थिए ।

पहिलो हाफसम्म दुवैै टिमले गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा सिटीका रहिम चम्किँदा वाटफोर्ड पराजित भएको हो । रहिमले खेलको ४६औं मिनेटमा गोल गरेका थिए । त्यस्तै उनले ५०औं र ५९औं मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता सिटीलाई दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा डिउलोफिउले गोल गर्दै वाटफोर्डलाई ३–१ गोलको अवस्थामा ल्याए ।

बाँकी समयमा कुनै गोल हुन नसकेपछि सिटीले वाटफोर्डलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ७० अंक छ ।