९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्पटनसँग टोटनह्याम पराजित, अर्को खेलमा लेष्टरको जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम साउथह्याम्पटनसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा टोटनह्यामलाई साउथह्याम्पटनले २–१ गोलअन्तरले पराजित गरेको हो । साउथह्याम्पटनका लागि यान भलेरी र जेम्स वार्डले गोल गरे । यता, टोटनह्यामका लागि ह्यारी केनले गोल गरेका थिए ।

२६ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । उनकै गोलमा टोटनह्यामले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा साउथह्याम्पटनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो ।

७६ औं मिनेटमा भलेरीले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको अवस्थामा ल्याए । ८१ औं मिनेटमा वार्डले गोल गरेपछि साउथह्याम्पटनले टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

हारपछि टोटनह्यामको ३० खेलबाट ६१ अंक भएको छ । यता, साउथह्याम्पटनले भने ३० खेलबाट ३० अंक जोड्न सफल भएको छ ।

त्यस्तै प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्टर सिटीले फुलह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अन्य खेलमा भने न्युक्यासलले एभर्टनलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै, ब्राइटनले क्रिष्टल प्यालेसलाई २–१, कार्डिफ सिटीले वेष्ट ह्यामलाई २–० गोलले पराजित गर्दा बर्नमाउथले हडर्सफिल्डलाई २–० गोलअन्तरले नै पारजित गरेको छ ।