८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

साउथह्याम्पटनसँग टोटनह्याम पराजित, अर्को खेलमा लेष्टरको जित

साउथह्याम्पटनसँग टोटनह्याम पराजित, अर्को खेलमा लेष्टरको जित
अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम साउथह्याम्पटनसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा टोटनह्यामलाई साउथह्याम्पटनले २–१ गोलअन्तरले पराजित गरेको हो । साउथह्याम्पटनका लागि यान भलेरी र जेम्स वार्डले गोल गरे । यता, टोटनह्यामका लागि ह्यारी केनले गोल गरेका थिए ।

२६ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । उनकै गोलमा टोटनह्यामले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा साउथह्याम्पटनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो ।

७६ औं मिनेटमा भलेरीले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको अवस्थामा ल्याए । ८१ औं मिनेटमा वार्डले गोल गरेपछि साउथह्याम्पटनले टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

हारपछि टोटनह्यामको ३० खेलबाट ६१ अंक भएको छ । यता, साउथह्याम्पटनले भने ३० खेलबाट ३० अंक जोड्न सफल भएको छ ।

त्यस्तै प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्टर सिटीले फुलह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अन्य खेलमा भने न्युक्यासलले एभर्टनलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै, ब्राइटनले क्रिष्टल प्यालेसलाई २–१, कार्डिफ सिटीले वेष्ट ह्यामलाई २–० गोलले पराजित गर्दा बर्नमाउथले हडर्सफिल्डलाई २–० गोलअन्तरले नै पारजित गरेको छ ।