८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

विश्वभरका ८० करोड डिभाइसमा विन्डोज १० प्रयोग

विश्वभरका ८० करोड डिभाइसमा विन्डोज १० प्रयोग
अ+ अ-

माइक्रोसफ्ट कम्पनीको पछिल्लो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ । माइक्रोसफट्का अनुसार अहिले विश्वभरका ८० करोडभन्दा धेरै डिभाइसमा विन्डोज १० प्रयोग भैरहेको छ ।

यसअनुसार, माइक्रोसफ्ट विन्डोज १० का प्रयोगकर्ताको संख्या १ अर्ब पुर्‍याउने लक्ष्यको नजिक पुगेको हो ।

सन् २०१५ को जुलाईमा रिलिज भएको विन्डोज १० यतिधेरै लोकप्रिय भएको छ कि साढे ३ वर्षभित्रमै यसका ८० करोड प्रयोगकर्ता पुगेका छन् । माइक्रोसफ्टले ३ वर्षभित्रमा विन्डोज १० का प्रयोगकर्ता १० अर्ब पुर्‍याउने लक्ष्य राखेको थियो । तथापि, यो पूरा भने हुन सकेन ।

गत सेप्टेम्बर २०१८ मा विन्डोज १० का प्रयोगकर्ता ७० करोड पुगेको घोषणा माइक्रोसफ्टले गरेको थियो । यस अनुसार पछिल्लो ६ महिनामा विन्डोज १० का प्रयोगकर्ताको संख्या १० करोडले वृद्धि भएको छ । सन् २०१९ भित्रमा यो संख्या १ अर्ब सहजै नाघ्ने अनुमान गरिएको छ ।

स्मरण रहोस् विन्डोज विश्वको सबैभन्दा लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम पनि हो । माइक्रोसफ्टकै अपरेटिङ सिस्टम विन्डोज ७ को लोकप्रियतालाई पछि पार्दै विन्डोज १० गत जनवरीमा सर्वाधिक लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम बनेको थियो । विन्डोज सेभेनको बजार हिस्सा ३६।०९ प्रतिशत रहेकोमा विन्डोज १० को हिस्सा पहिलोपटक ३९।२२ प्रतिशत पुगेको थियो ।

माइक्रोसफ्टले विन्डोज सेभेन फेजआउट गर्ने मिति नजिकिँदै गर्दा आगामी दिनमा विन्डोज १० प्रयोगकर्ताको संख्यामा झनै वृद्धि हुने अनुमान गरिएको छ । विन्डोज ७ मा उपलब्ध गराउँदै आएको सेक्योरिटी अपडेट माइक्रोसफ्टले यो वर्षको अन्त्यबाट हटाउँदैछ ।

माइक्रोसफ्टको मोर्डन लाइफ एण्ड डिभाइस विभाग अन्तर्गत कर्पोरेट उपाध्यक्ष युसुफ मेहेदीले एक ट्विट गर्दै विन्डोज १० ले विन्डोजको इतिहासमै सर्वाधिक उपभोक्ता सन्तुष्टि प्राप्त गर्न सफल भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा