१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक याेग्यता, २ जना विरूद्ध विशेष अदालतमा अाराेप पत्र दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड, प्रधान कार्यालय, नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दुरा समेतले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र भारतबाट ल्याई पेश गरी सुविधा लिएको भन्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।

अायाेगका प्रवक्ता रामेश्वर दंगालका अनुसार, सहायक अधिकृत पुष्पा दुराले डा. राममनोहर लोहिया अवध विश्वविद्यालय, फैजावाद (उ.प्र.) अन्तर्गतको जवाहरलाल नेहरु पी.जी. कलेज बाराबंकी, भारतबाट प्राप्त गरेको स्नातक(बी.ए.) तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायक अधिकृत पदमा बढुवा भएकाे देखिएकाे छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरण अन्तर्गत सेती फेवा पावरहाउस, पोखरामा कार्यरत इलेक्ट्रिकल फोरमेन (तह ४) वलदेव गिरीको इलेक्ट्रिकल फोरमेन पदमा बढुवा हुने प्रयोजनको लागि नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौंबाट प्राप्त सेन्टअप टेष्टको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएकाे अायाेगले जनाएकाे छ ।

दुवैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको देखिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको अायाेगले जनाएकाे छ ।