८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

भारतमा लाेकसभाकाे चुनावकाे मिति घाेषणा, अप्रिल ११ देखि सात चरणमा चुनाव

भारतमा लाेकसभाकाे चुनावकाे मिति घाेषणा, अप्रिल ११ देखि सात चरणमा चुनाव
अ+ अ-

नयाँदिल्लीः भारतीय चुनाव अायाेगले लाेकसभा निर्वाचनकाे मिति अाइतबार घाेषणा गरेकाे छ । यसपटक सात चरणमा भारतकाे चुनाव हुनेछ । मे २३ तारिखमा चुनाव परिणाम घाेषणा हुने अायाेगले जनाएकाे छ ।

चुनावमा यस पटक ९० कराेड मतदाता रहेका छन् ।

अप्रिल ११ मा हुने पहिलाे चरणकाे चुनावमा २० राज्यमा ९१ स्थानका लागि मतदान हुनेछ । दाेस्राे चरण अप्रिल १८ मा हुनेछ जहाँ १३ राज्यमा ९७ स्थानका लागि मतदान हुँदैछ । तेस्राे चरण अप्रिल २३ (१४ राज्यमा ११५ सिट), चाैथाे चरण अप्रिल २९ (९ राज्य ७१ सिट), पाँचाैं चरण मे ६ (७ राज्य ५१ सिट), छैटाैं चरण मे १२ (७ राज्य ५९ सिट) र साताैं चरण मे १९ (८ राज्य ५९ सिट) मा मतदान हुनेछ ।

भारतमा लाेकसभामा कूल ५४३ स्थान रहेकाे छ ।

हालकाे लाेकसभाकाे कार्यकाल जुन ३ तारिखमा समाप्त हुँदैछ । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र माेदीकाे अगुवाइमा भारतीय जनता पार्टीलाइ भारी बहुमत प्राप्त भएकाे थियाे । भाजपालाइ उक्त चुनावमा २८२ सिट प्राप्त भएकाे थियाे । जबकी भाजपा सहितकाे एनडीए गठबन्धनलाइ कूल ३३६ सिट प्राप्त भएकाे थियाे ।

भारतकाे राजनीतिमा सबैभन्दा बढी सत्तामा रहेकाे भारतीय राष्ट्रिय काँग्रेस उक्त चुनावमा नराम्राेसँग पराजित भएकाे थियाे । काँग्रेसले केबल ४४ सिट जितेकाे थियाे । काँग्रेसले संसदमा विपक्षी दलकाे मान्यता समेत पाउन सकेकाे थिएन । संसदमा विपक्षी दलकाे मान्यता प्राप्त गर्न १० प्रतिशत सिट प्राप्त गर्नु पर्दछ ।

चुनाव अाचार संहिता लागू भएकाले अब माेदी सरकारले कुनै पनि नीतिगत निर्णय लिन पाउने छैन ।