८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

मिनेन्द्र रिजालकाे प्रश्नः
‘अर्थतन्त्र चक्रब्यूहबाट त उम्किएन नि ?’

मिनेन्द्र रिजालकाे प्रश्नः ‘अर्थतन्त्र चक्रब्यूहबाट त उम्किएन नि ?’
अ+ अ-

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडामाथि प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले ‘काउन्टर एट्याक’ गरेका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलामा अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेको विषयलाई नै दोहो¥याउँदै रिजालले मन्त्रीमाथि ‘काउन्टर एट्याक’ गरेका हुन् । 

सरकारको छ महिनाको प्रतिवेदन माथि टिप्पणी गर्दै नेता रिजालले अर्थमन्त्रीले श्वेतपत्रको बुँदा नं ४०मा लेखेको जस्तै समग्रमा अर्थतन्त्र अहिले पनि विप्रेषण आय, आयात र उपभोगको चक्रब्यूहमा रुमलिएको बताएका छन् । उनले अर्थमन्त्रीमाथि प्रश्न गरे ‘अहिले पनि अर्थतन्त्र मन्त्रीको श्वेतपत्रमा उल्लेख भएको जस्तै चक्रब्यूहमा रुमलिएको छ । केही सुधार भएको छ त अर्थमन्त्री ज्यू ?’ 

अर्थमन्त्रीले आफ्नो ६ महिनाको कामको प्रतिवेदनमा कृषि उत्पानमा बृद्धि, रेमिट्यान्समा बृद्धि, पुँजीगत खर्चमा बृद्धि जस्ता विषयहरु देखाएर आर्थिक बृद्धिको लक्ष्य पुग्छ भनेको प्रति नेता रिजालले प्रतिवाद गर्दे भनेका छन् ‘यो वर्ष धानको उत्पादन मात्रै ९ प्रतिशत बढेको छ । यो हरेक वर्ष बढ्ने घट्ने भईरहन्छ । उद्योग क्षमता विस्तार कति भयो ?’

अघिल्लो वर्ष यही समयमा पर्यटक आवागमन २५ प्रतिशतले बढेकोमा यो वर्ष २४ प्रतिशतले मात्रै पर्यटक बढेको, विप्रेषण आप्रवाह अघिल्लो वर्ष घटेकोमा यो साल बढेको, विप्रेषणमा आधारित भएर आयात बढेको र अघिल्लो पटक १५ प्रतिशतले बढेको आयात यो पटक ३१ प्रतिशतले बढेको तथ्यांक पनि रिजालले संसदमा पेश गरेका छन् । 

‘अहिले आयात बढेको आधारमा राजश्व २१ बाट २६ प्रतिशतमा पुगेको, व्यापारघाटा बढेको, शोधनान्तर घाटा झण्डै ७० अर्बले बढेको छ ।’ संसदमा रिजालले भने ‘श्वेतपत्रमा लेखेको जस्तै बुँदा ४० मा समग्रमा अर्थतन्त्र विप्रेषण आय, आयात र उपभोगको चक्रब्यूहमा रुमलिएको छ । त्यो चक्रब्यूहबाट अर्थमन्त्री ज्यू अर्थतन्त्रलाई कसरी पु¥याउनु भयो त ? केही आधार देखिएन।’ 

रिजालले संसदमा भने ‘त्यत्रो डंका बजाएर आएको सरकारले बजेट संशोधन गरी ८५ प्रतिशत मात्रै खर्च गर्न सक्छु भन्यो, अझ पुँजीगत खर्च त मात्रै ७० प्रतिशत रे । अहिलेसम्म चालू खर्च ३५ प्रतिशत भयो । पुँजीगत खर्च १७.७ प्रतिशत मात्रै छ । अघिल्लो वर्षको यो अवधिमा १४.३ प्रतिशत भएको थियो । कति प्रतिशत भयो त ? खासै फरक छैन ।’ 

यसरी ठूलो मत लिएर आएको सरकारले अपेक्षित उपलब्धी हाँसिल गर्न नसकेको उनको आरोप छ । सरकारको वर्षदिन पनि ठट्टैमा वितेको भन्दै अतिरञ्जीत कुरा छाडेर सहकार्यको हात फैलाए काँग्रेस पनि विकासको काममा सरकारलाई जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको पनि रिजालले बताएका छन् ।