१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडविरुद्ध आर्सनलको सहज जित, चेल्सी वल्भ्ससँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग पराजित भएको छ ।

लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले युनाइटेडलाई २–० गोलले पराजित गरेको हो । आर्सनलको जितामा ग्रानिट झाका र पिएरे एमरिकले समान एक एक गोल गरेका थिए ।

खेलको १२औं मिनेटमा आर्सनलले ग्रानिट झाकाको गोलबाट खाता खोलेको थियो ।औसत खेल खेलेको युनाइटेडले आर्सनलमाथि दबाब सिर्जना गरेपनि गोल फर्काउन सकेन । पहिलो
हाफ १–० ले पछाडि परेको युनाइटेडले दोस्रो हाफको ६९औं मिनेटमा पिएरे एमरिकले पेनाल्टीमा गोल गर्दै आर्सनललको अग्रता दोब्बर बनाए ।

युनाइटेडमा फ्रेडले एलेक्जेन्डर लाकाजेटलाई डिबक्स भित्र लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा आर्सनलका एक समर्थकले मैदान प्रवेश गरेर मैदानमै क्रिस स्मलिङलाई हात पात गरेपछि केहीबेर खेलमा तनाव उत्पन्न भएको थियो । उक्त सर्मथकलाई तत्काल बाहिर ल्याई खेल सुचारु गरिएको थियो ।

जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ । आर्सनलले ३० खेलबाट ६० अंक बनाएको छ । पाँचौं स्थानमा झरेको युनाइटेडको ५८ अंक छ ।

आइतबार रातिनै भएको अर्को खेलमा पाचौं स्थानमा रहेको चेल्सी वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ । चेल्सीले २९ खेलबाट ५७ अंक बनाएको छ । छैटौं स्थानमा रहेको वल्भ्सको ४४ अंक छ ।