१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडीमा तस्करको हालीमुहाली, तस्करीको सामान ओर्सान प्रयोग



अ+ अ-

वीरगञ्ज । हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् ।

आइतबार राति तस्करीको सामानसहित उक्त जिप वीरगञ्ज भन्सार नाकाबाटै पक्राउ परेपछि यो रहस्या खेलेको हो । हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख अनुठालाल पटेलका छोरा आनन्द पटेलले सरकारी नम्बर प्लेटको उक्त जिपमा भारतको रक्सौलबाट हार्डवयरका सामान, राजश्व छलेर वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज भन्सार नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

उक्त गाडीबाट करिब एक लाख रुपैयाँ मूल्य बराबरको हार्डवेयरका सामान बरामद भएको छ । रक्सौलबाट हार्डवेयरका सामान खरिद गरी आनन्द आफैले चलाएको बोलेरो जिप शंका लागेर भन्सार नाकामा सशस्त्र प्रहरीले जाँच गर्दा तस्करीका सामान बरामद भएको हो । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै