१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमका ८१ कर्मचारी सरूवा गर्ने



अ+ अ-

काठमाडौं । वर्षौदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रोस्टर तयार पारेकोमा पहिलो चरणमा माथिल्लो पद र कर्मचारी युनियनको नेतालाई लक्षित गरी ८१ जना सरुवा गरिएको हो ।

निगमका कर्मचारी निर्देशक सुरेन्द्र पौडेलले कर्मचारी व्यवस्थापनमा सुधार गरेर संस्थाको छवि उकास्ने प्रयत्न थालिएको बताए । ‘निगमको छवि सुधार गर्न कर्मचारीबाटै सुरु गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले विनियमावलीविपरीत कार्यरत सबै कर्मचारीको सरुवा सुरु गरिएको हो ।’ कर्मचारीलाई एकै ठाउँमा लामो समय बस्न नदिएर विनियमावलीअनुसार सरुवा गर्दा हालको अनियमितता सुधार हु्ने निगमको अपेक्षा छ ।

निगम प्रमु्ख पौडेलले सोमबार निर्णयमा हस्ताक्षर गरेसँगै कांग्रेस समर्थित कर्मचारी युनियनको मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने नेकपा समर्थित कर्मचारी संघका पदाधिकारीले स्वागत गरेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमाप्रकाशित छ ।