२९ आश्विन २०८१, मंगलवार
,
Latest
 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रम बजारको मागअनुसार तालीमको खाँचो’



अ+ अ-


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताउनुभएको छ । ‘नेशनल युथ लिडरसीप समिट २०१९’ लाई आज यहाँ सम्बोधन गर्दै उहाँले श्रम बजारले माग गरेअनुसारको जनशक्ति तयार गर्न सरकारले सीप र तालीम प्रदान गर्ने संस्थालाई एउटै छाताभित्र ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “श्रम बजारको माग र आवश्यकता परिपूर्ति गर्न युवालाई सीप र तालीम दिने सन्दर्भमा सरकारले तीन मन्त्रीको सहभागितामा कमिटी गठन गरेको छ । उक्त कमिटीले अबका दिनमा नेपालको श्रम बजारमा आवश्यक हुने जनशक्ति, सीप तथा तालीमको प्रक्षेपण गर्ने छ र सोहीअनुसारको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।” उहाँले वर्षेनी आन्तरिक श्रम बजारमा आउने जनशक्ति र कामको तालमेल मिलाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

स्वदेशमै उपलब्ध हुने रोजगारीका अवसरप्रति युवालाई आकर्षित गराउन सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तोकेरै लागू गरेको स्पष्ट पार्दै उहाँले न्यूनतम पारिश्रमिक पाउने सुनिश्चितका लागि श्रमिकको पारिश्रमिक बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था अवलम्बन गरिएको बताउनुभयो । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट समेत आन्तरिक श्रम बजारमा युवाको आकर्षण देखिने उहाँको भनाइ थियो ।

वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै फर्काउने गरी योजना निर्माण गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपालमा काम गर्ने जनशक्तिको अभावमा उद्योग कलकारखाना बन्द हुने अवस्थामा वैदेशिक रोजगारीमा आकर्षण देखिनु चिन्ताको विषय भएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमालले युवा जनशक्तिलाई प्रशिक्षित बनाएर नीति निर्माणमा युवाको सहभागिता बढाउनु आवश्यक भएको उल्लेख गर्दै आन्तरिक श्रम बजार व्यवस्थापन गर्न सरकार अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बेरोजगार युवालाई रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभयो । सम्मेलनको उद्घाटन सत्रका क्रममा विभिन्न छ वटा युवा उद्यमशीलता अभियानमार्फत रोजगारी सिर्जनाका बखत प्राप्त अनुभवको आदानप्रदान गरिएको थियो ।