१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रम बजारको मागअनुसार तालीमको खाँचो’



अ+ अ-


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताउनुभएको छ । ‘नेशनल युथ लिडरसीप समिट २०१९’ लाई आज यहाँ सम्बोधन गर्दै उहाँले श्रम बजारले माग गरेअनुसारको जनशक्ति तयार गर्न सरकारले सीप र तालीम प्रदान गर्ने संस्थालाई एउटै छाताभित्र ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “श्रम बजारको माग र आवश्यकता परिपूर्ति गर्न युवालाई सीप र तालीम दिने सन्दर्भमा सरकारले तीन मन्त्रीको सहभागितामा कमिटी गठन गरेको छ । उक्त कमिटीले अबका दिनमा नेपालको श्रम बजारमा आवश्यक हुने जनशक्ति, सीप तथा तालीमको प्रक्षेपण गर्ने छ र सोहीअनुसारको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।” उहाँले वर्षेनी आन्तरिक श्रम बजारमा आउने जनशक्ति र कामको तालमेल मिलाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

स्वदेशमै उपलब्ध हुने रोजगारीका अवसरप्रति युवालाई आकर्षित गराउन सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तोकेरै लागू गरेको स्पष्ट पार्दै उहाँले न्यूनतम पारिश्रमिक पाउने सुनिश्चितका लागि श्रमिकको पारिश्रमिक बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था अवलम्बन गरिएको बताउनुभयो । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट समेत आन्तरिक श्रम बजारमा युवाको आकर्षण देखिने उहाँको भनाइ थियो ।

वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै फर्काउने गरी योजना निर्माण गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपालमा काम गर्ने जनशक्तिको अभावमा उद्योग कलकारखाना बन्द हुने अवस्थामा वैदेशिक रोजगारीमा आकर्षण देखिनु चिन्ताको विषय भएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमालले युवा जनशक्तिलाई प्रशिक्षित बनाएर नीति निर्माणमा युवाको सहभागिता बढाउनु आवश्यक भएको उल्लेख गर्दै आन्तरिक श्रम बजार व्यवस्थापन गर्न सरकार अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बेरोजगार युवालाई रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभयो । सम्मेलनको उद्घाटन सत्रका क्रममा विभिन्न छ वटा युवा उद्यमशीलता अभियानमार्फत रोजगारी सिर्जनाका बखत प्राप्त अनुभवको आदानप्रदान गरिएको थियो ।