• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति

विवेकशील साझाद्धारा सिके राउत र सरकारबीच भएको सहमति खारेज गर्न माग



काठमाडौँ । विवेकशील साझा पार्टीले सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गरेको छ । सम्झौताले नेपाली जनतमा अन्यौल्ता पारेको भन्दै खारेजीको माग गरेको हो ।

सोमबार पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा सहमतिको लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको आरोप लगाएको छ ।

‘व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसंग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

‘सम्झौता खोरेज नगरे यसले निम्त्याउन सक्ने जटिलताको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने कुरामा समेत हामी सरकारलाई सचेत गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको छ। यस्ता विषयहरूमा भविष्यमा गम्भीरता प्रदर्शन गर्न पनि विवेकशील साझा सरकारसँग आग्रह गर्दछ।’

सरकारसँग ११ बुँदे सहमति गरेको भोलिपल्टै राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेस’ लेखेको झण्डासहित प्रदर्शन गरेका थिए । सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समूहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा रहेको उक्त पार्टीले बताएको छ ।