३१ जेष्ठ २०८३, आईतवार
,
Latest
ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाद्धारा सिके राउत र सरकारबीच भएको सहमति खारेज गर्न माग



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गरेको छ । सम्झौताले नेपाली जनतमा अन्यौल्ता पारेको भन्दै खारेजीको माग गरेको हो ।

सोमबार पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा सहमतिको लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको आरोप लगाएको छ ।

‘व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसंग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

‘सम्झौता खोरेज नगरे यसले निम्त्याउन सक्ने जटिलताको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने कुरामा समेत हामी सरकारलाई सचेत गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको छ। यस्ता विषयहरूमा भविष्यमा गम्भीरता प्रदर्शन गर्न पनि विवेकशील साझा सरकारसँग आग्रह गर्दछ।’

सरकारसँग ११ बुँदे सहमति गरेको भोलिपल्टै राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेस’ लेखेको झण्डासहित प्रदर्शन गरेका थिए । सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समूहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा रहेको उक्त पार्टीले बताएको छ ।