१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशनः थापा र लिङ्देनले गरे उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वमा रहेका आकांक्षीद्वय कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका मनोनयन दर्ता गराएका छन् ।  दुवैजनाले आ–आफ्नो प्यानलसहित शुक्रबार मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार छन् ।

थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् भने महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही रहेका छन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले चुनाव लड्दैछन् ।

उम्मेदवारको नामावली २ बजे सार्वजनिक गर्ने कार्यतालिका छ । ४ हजार ४ सय जना प्रतिनिधि रहेको राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।