२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । रसुवा बाढी प्रभावितको उपचारका लागि वीरगञ्जस्थित विभिन्न सङ्घ÷संस्थाले १७९ पिन्ट रगत सङ्कलन गरेका छ्न । यहाँस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रम ६८ पिन्ट रगत सङ्कलन गरिएको छ ।

रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजनामा तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । रक्तदान अभियानमा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सहभागीले रक्तदान गर्नुभएको थियो । सङ्कलित प्रत्येक युनिट रगतले विपद्बाट प्रभावित तथा उपचाररत बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुग्नेछ ।

बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत १११ जना कर्मचारीले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवामा जोड्ने उद्देश्यले रक्तदान गर्नुभएको छ । वीरगञ्ज बैंकर्स ग्रुपले आयोजना गरेको कार्यक्रममा १० जना महिलासहित १११ जनाले रक्तदान गरेका आयोजक संस्थाले जानकारी दिएको छ । —