२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशनः थापा र लिङ्देनले गरे उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वमा रहेका आकांक्षीद्वय कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका मनोनयन दर्ता गराएका छन् ।  दुवैजनाले आ–आफ्नो प्यानलसहित शुक्रबार मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार छन् ।

थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् भने महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही रहेका छन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले चुनाव लड्दैछन् ।

उम्मेदवारको नामावली २ बजे सार्वजनिक गर्ने कार्यतालिका छ । ४ हजार ४ सय जना प्रतिनिधि रहेको राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।
 




भर्खरै