२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि दाबेदार बार्सिलोना र युनाइटेड क्वार्टरफाइनलमै भिड्ने, लिभरपुलले कमजोर टोली पायो



अ+ अ-

काठमाडौं । उपाधि दाबेदार मानिएका स्पेनिस कल्ब बार्सिलोना र इंग्लिस कल्ब म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमै भिड्ने भएका

शुक्रबार (आज) स्वीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा भएको ड्रअनुसार यो नतिजा निस्केको हो ।

हाल युनाइटेड प्रिमियर लिगमा पाँचौं स्थानमा छ भने बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेको छ ।

यसअघि अन्तिम १६ मा बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई एग्रीगेटमा ५–१ तथा युनाइटेडले फ्रेन्च क्लब पिएसजीलाई ३–३ को बराबरी भए पनि अवे गोलमा पछि पार्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

त्यसैगरी, इंग्लिस टोली म्यानचेस्टर सिटीले जर्मन क्लब शाल्केलाई १०–२, इटालियन युभेन्टसले स्पेनिस एथ्लेटिको मड्रिडलाई ३–२, इंग्लिस टोली लिभरपुलले जर्मन टोली बार्यन म्युनिखलाई ३–१ तथा स्पेनिस बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई ५–१ ले हरााएर अन्तिम आठमा स्थान बनाएको थियो ।

अन्तिम आठमा सबैभन्दा बढी इंग्ल्यान्डका ४ टोली छन् । त्यसपछि इटाली स्पेन, पोर्चुगल र नेदरल्यान्ड्सका १–१ टोली छन् ।

क्वार्टफाइनलअन्तर्गत पहिलो लेगका खेल आगामी अप्रिल ९ र १० तारिखमा हुनेछ । दोस्रो लेगका खेलहरू अप्रिल १६ र १७ तारिखमा हुनेछन् ।

त्यसपछि सेमिफाइनलअन्तर्गत पहिलो लेगका खेलहरू अप्रिल ३० र मे १ मा हुनेछन् । दोस्रो लेगका खेल मे ७ र ८ तारिखमा हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल स्पेनमा जुन १ तारिख शनिबार हुनेछ ।