१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

हाम्रै नेपालमा ! ‘बन्द’मा पनि बन्द नहुने विद्यालय

हाम्रै नेपालमा ! ‘बन्द’मा पनि बन्द नहुने विद्यालय
अ अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो।

विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन्। शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन। मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो। भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन।

यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन। यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन्।

कुनै समूह विद्यालय बन्द गर्नुपर्छ भन्दै आएमा अभिभावक सामूहिक प्रतिकारमा उत्रन्छन्। त्यसमा शिक्षक र विद्यार्थीले साथ दिन्छन्। ‘२०४४ सालदेखि सञ्चालनमा आएको विद्यालय सार्वजनिक बिदाबाहेक बन्द भएको इतिहास छैन,’ बिहीबार नानी डोर्‍याउँदै विद्यालयतिर लम्किरहेका अभिभावक धीरेन राजवंशीले भने, ‘विद्यालय बन्द गर्नुपर्छ भन्ने आँट कसैले गर्न सक्दैनन्।’ शैक्षिक संस्थामा बन्दहडताल गरिँदा बालबालिकाको भविष्य अन्धकारतर्फ धकेलिने उनले बताए।

स्थानीय अभिभावक गाउँलाई राज्यले हेपेको गुनासो गर्छन्। ‘राज्यले हेपेको गाउँमा यही एउटा विद्यालय छ। त्यसलाई पनि बन्दहडतालको प्रभाव पर्न दियो भने बालबालिकाको भविष्य बिग्रन्छ,’ राजवंशीले भने, ‘त्यही भएर बन्दहडतालमा पनि हामी विद्यालय खोल्न तयार हुन्छौं। बन्द आह्वान गरेका दिन विद्यालय बन्द गर्न केही आउँछन् कि भनेर सबै अभिभावक चनाखो भएर बस्छौं।’

बन्द गर्न कुनै समूह आएमा अभिभावक, शिक्षक र विद्यार्थीले सामूहिक प्रतिकार गरिने भएकाले बन्द गर्न कसैले नसक्ने उनी बताउँछन्। ‘आफ्नो माग पूरा गराउने विषय शैक्षिक क्षेत्रमा ल्याएर लाद्न हुँदैन,’ उनले भने, ‘त्यसलाई अभिभावक र शिक्षकले राम्ररी बुझेका छौं।’

विद्यालयका शिक्षक भद्रपुर बजार क्षेत्रकै छन्। उनीहरू बन्दहडतालका दिन मेची तरेर स्कुल जान्छन्। ‘सर र म्याडमलाई बन्दमा कुनै समस्या पर्‍यो भने हामी जिम्मेवार हुन्छौं भनेर ढाडस दिन्छौं,’ अभिभावक मीना महतोले भनिन्, ‘त्यही भएर कोही कसैले विद्यालयलाई छुने आँट गर्न सक्दैनन्।’ शिक्षक एवं अभिभावकको लगाव र मेहनतकै कारण विद्यालयमा सधैं पठनपाठन हुने उनले बताइन्। बन्द भनेर पढाउन नआउने शिक्षकसँग भोलिपल्ट अभिभावक भेला भएर सोधीखोजी गरिन्छ।

‘अभिभावकको कडाइका कारण कुनै शिक्षक विद्यालयमा नआउने सम्भावना छैन,’ महतोले भनिन्, ‘तपाईंहरू आएर पढाउनुस्, केही भएमा हामी जिम्मा लिन्छौं भनेर अग्रसरता लिएकै कारण पठनपाठनमा असर गर्ने गतिविधि हुँदैनन्।’

शिक्षक पनि बन्दहडतालको बहानामा घरमा नबस्ने गरेको उनले सुनाइन्। ‘यहाँका अभिभावकको आर्थिक अवस्था कमजोर छ। नानीहरूलाई विद्यालय पठाएपछि सबै ज्यालामजदुरी गर्न जान्छौं,’ उनले भनिन्, ‘काम गर्न नगए चुलो बाल्न समस्या हुन्छ। सर र म्याडम पनि यहाँको शैक्षिक स्तर उकास्नु पर्छ भनेर मेहनत गरिरहनुभएको छ।’

यो विद्यालयको स्तर अन्य सुगम भेगका अधिकांश सामुदायिक विद्यालयभन्दा कैयौं गुणा बढी छ। शिक्षक किसान राईले आफूले राम्ररी नपढेकै कारण पछि परेको बुझेर नानीहरूलाई भने पढाउनुपर्छ भन्ने धारणा अभिभावकमा रहेको बताए। ‘अभिभावकले पनि साथ दिनुभएको छ,’ उनले भने, ‘त्यही भएर कुनै बन्दहडतालले यसलाई प्रभाव पार्न सक्दैन।’

विद्यालयमा एक सय ३१ जना विद्यार्थी अध्ययनरत छन्। सरकारी बेवास्ताका कारण शिक्षक अभाव हुँदा अनुमति पाए पनि कक्षा ८ सम्मको पठनपाठन भने सञ्चालन हुन सकेको छैन। ‘गाउँ गरिब भएकाले निजी स्रोतबाट पैसा जुटाएर शिक्षक राख्ने सम्भावना नहुँदा कक्षा ८ सम्म पठनपाठन गराउन सकिरहेका छैनौं,’ उनले भने, ‘सम्बन्धित निकायसँग पटकपटक कुरा राख्दा पनि शिक्षक पदपूर्तिबारे सुनुवाइ भइरहेको छैन।’

बन्दका दिन विद्यालयमा भेटिएका प्रधानाध्यापक चमकलाल राजवंशीले भने, ‘हाम्रा नानीलाई भने बन्दहडतालले छेक्दैन। न त शिक्षकलाई असर गर्छ।’ मजदुरी गरेर बाँचेको गाउँमा एक दिन विद्यालय बन्द गरिदिँदा त्यसले नकारात्मक प्रभाव पार्ने उनले बताए। राजवंशीका अनुसार विद्यालय भएको गाउँमा एक सय ३५ घरधुरी छ। त्यहींका नानीहरू खोलासँग युद्ध गरेर पढ्न जान सम्भव नभएकाले उनीहरूको सजिलोका लागि मेचीपारि नै विद्यालय खोलिएको उनी बताउँछन्।

विद्यालयमा विद्यार्थीलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध छन्। विद्यालयमा व्यवस्थित फर्निचर, १० वटा कम्प्युटर, इन्टरनेट, सफा शौचालय, विभिन्न सजावटका सामग्रीसमेतको व्यवस्था छ। शिक्षक राईका अनुसार चारदेखि सात कक्षासम्मका विद्यार्थीलाई दैनिक एक घन्टा अनिवार्र्य कम्प्युटर सिकाइन्छ। साना नानीलाई अल्मल्याउन सातामा तीन दिन युट्युबबाट जानकारीमूलक भिडियो देखाउने गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।