१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

परराष्ट्र मन्त्रालयको यस्तो लापरबाही हुदापनि किन हुँदैन कारबाही ?

परराष्ट्र मन्त्रालयको यस्तो लापरबाही हुदापनि किन हुँदैन कारबाही ?
अ अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी अन्तर्राष्ट्रिय स्तरमै बदनामी कमाउँदा पनि परराष्ट्रका कर्मचारीमाथि कुनै कारबाही हुन सकेको छैन । परराष्ट्रका जानकारहरूका अनुसार पटकपटक त्रुटि हुने सानो शब्दले अन्तर्राष्ट्रिय जगतमा त्यसको सन्देश भने नकारात्मक प्रवाह हुने गरेको छ ।

गत ११ पुसमा राष्ट्रपतिबाट इन्डोनेसियामा सुनामीबाट ४३० जना भन्दा बढीको ज्यान जाने गरी भएको दुर्घटनाका विषयमा भएको त्रुटि र गम्भीर लापरबाहीले समवेदनाको ठाउँमा बधाईको सन्देश प्रेषित भएको थियो ।
मानवीयतामा प्रयोग हुने एउटा सानो शब्दले हलचल मच्चियो । जसका कारण सामाजिक सञ्जालमा मात्रै बहस भएन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यस विषयमा समीक्षासमेत भएको छ ।

परराष्ट्र मन्त्रालयले आगामी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउने शुभकामना सन्देश र सूचनाका विषयमा गम्भीर भएर समीक्षा गर्ने जनाएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट निकालेको विज्ञप्तिको विरोध भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर माफी माग्नुप¥यो । इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोलाई बधाई लेखिएको विज्ञप्ति सच्याउँदै परराष्ट्र मन्त्रालयले पुनः दुःख व्यक्त गर्दै इन्डिोनेसियाका नागरिकका नाममा समवेदना भनी उल्लेख गरेको थियो ।
परराष्ट्र मन्त्रालयले असावधानीका कारण यसअघि निकालिएको विज्ञप्तिमा गम्भीर गल्ती हुन गएकोमा माफी माग्दै विज्ञप्ति सच्चाइएको थियो । त्यसमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतका कर्मचारीले गम्भीर गल्ती गरे पनि सरकारले उनीहरूसँग स्पष्टीकरण सोध्न सकेको छैन । जसका कारण दण्डहीनता मौलाउँदै गएको र परराष्ट्रका अधिकारीहरू गल्तीमा पनि हौसने गरेको अधिकारीहरूले बताएका छन् ।

किन र कसरी गल्ती भयो समीक्षा थालेका छौ । अव सजग भएर अघि बढ्न परराष्ट्रका कर्मचारीलाई निर्देशन गरेको छु ।
प्रदिप ज्ञावली, मन्त्री, परराष्ट्र

। पटकपटक हुने गल्तीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जतसमेत भएको छ । सानो त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भइरहेका बेला किन यस्तो खालको गल्ती भइरहन्छ त भन्ने विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयमा गम्भीर भएर मन्त्रालयले समीक्षा गरेको बताए । ‘हामीले इन्डोनेसियाका विषयमा निकालेको विज्ञप्तिमा देखिएको गल्तीपछि एउटा प्रक्रिया बसालेका छौं,’ उनले भने, ‘पत्र लेखेपछि एकपटक गम्भीर भएर त्यसको अध्ययन गर्ने र गल्ती भएको ठाउँमा सच्याउने विषयमा समीक्षा गरेका छौं ।’ ‘कहिलेकाँही टाइप गर्दा गर्दै अटो करेक्ट भइदिन्छ त्यस कारण विगतमा गल्ती हुन गयो,’ उनले भने, ‘अब उक्त विषयमा थोरै अध्ययन गर्ने र सजग भएर अघि बढ्नेछौं ।’

३० फागुनमा कार्यकाल सम्हालेको २४ दिनपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए । उक्त ओहोदाको प्रमाणपत्र बुझाउँदा निकालिएको विज्ञप्तिमा दिल्लीस्थित कर्मचारीहरूले अर्को गल्ती गरे । ओहोदाको प्रमाणपत्र बुझाएको विषयमा दिल्लीबाट नेपाली दूतावासले गरेको जारी विज्ञप्तिको तेस्रो अनुच्छेदमा नेपालमा दुई राष्ट्रप्रमुख भएको उल्लेख गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओली दुई जना राष्ट्र प्रमुखको शासन रहेको उल्लेख हुनुले गम्भीर लापरबाही भएको पुष्टि गर्छ ।

परराष्ट्र मन्त्रालयजस्तो संवेदनशील क्षेत्रबाट यस्तो गल्ती हुनुलाई स्वाभाविक मान्न नसकिने परराष्ट्रविद्हरूको तर्क छ । कूटनीतिक नियोगमा काम गर्ने कर्मचारीबाट भएको गल्तीपछि सजग बनाउने र स्पष्टीकरण सोधेर गल्ती सच्याउनेभन्दा पनि उक्त जिम्मेवारी पुनः सोही कर्मचारीलाई दिइँदा गल्ती दोहोरिने गरेको बताइएको छ । राजधानी दैनिकमा खबर छ ।