१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो

सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो
अ अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्ष २०७५/७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएकोे छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने कामदारलाई दिइने अन्तिम श्रम स्वीकृति ९संस्थागत एवं व्यक्तिगत० का आधारमा राष्ट्र बैंकले कामदार बाहिरिने संख्या समीक्षा अवधिमा ३९ दशमलव २ प्रतिशतले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले घटेको थियो । यसैगरी, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या सो अवधिमा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ६ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७ दशमलव ३ प्रतिशतले वृद्धि भई ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।
यसैगरी गत माघ मसान्तसम्म कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँको नयाँ सेयर सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय तथा आर्थिक स्थितिबारे समीक्षा गरी सो तथ्यांक बाहिर ल्याएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँका नयाँ सेयर सूचीकृत भएका थिए । सो अवधिमा कुल १५ अर्ब ९ करोड बराबरको साधारण सेयर ७ अर्ब ३९ करोड बराबरको हकप्रद सेयर, ६ अर्ब ६५ करोड बराबरको बोनस सेयर गरी कुल २९ अर्ब १३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका थिए ।

२०७४ सालको माघ मसान्तमा १३८० दशमलव ३ बिन्दु रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८ दशमलव ३ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा ११२८ दशमलव २ बिन्दुमा रहेको छ । गत असार मसान्तमा नेप्से सूचकांक १२१२।४ बिन्दु कायम भएको थियो । धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा १४ दशमलव ७ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा १३ खर्ब ७७ अर्ब १५ करोड कायम भएको छ ।

बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा गत आर्थिक वर्षको माघ मसान्तमा १० दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको बजार पुँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२ दशमलव १ प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या चालू आर्थिक वर्षको माघ मसान्तमा २०३ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४९ वटा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका रहेका छन् भने १८ वटा उत्पादनमूलक र प्रशोधन उद्योग, २४ वटा जलविद्युत् कम्पनी, चार/चारवटा होटल तथा व्यापारिक संस्था र चारवटा अन्य समूहका रहेका छन् । राजधानी दैनिकमा खबर छ ।