१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

विक्की कौशलको हर्लिनसँग ब्रेकअप, कट्रिना तनावमा

विक्की कौशलको  हर्लिनसँग ब्रेकअप, कट्रिना तनावमा
अ अ+ अ-

फिल्म सञ्जु, राजी, उरी-द सर्जिकल स्ट्राइकजस्ता एक पछि अर्को सुपरहिट फिल्म दिइरहेका अभिनेता विक्की कौशल एकाएक बलिउडका सुपरस्टार बनिसकेका छन् ।

हालै रिलिज भएको फिल्म ‘उरी-द सर्जिकल स्ट्राइक’ ले २०० करोड भन्दा बढीको व्यापार गरिसकेको छ । बलिउडमा विक्की कौशलको स्टारडम बढ्दै गएपछि फ्यानहरुले उनको व्यक्तिगत जीवनका विषयमा पनि चासो राख्न थालेका छन् ।


विक्की कौशलले केही समय अगाडि एक कार्यक्रममा आफू अभिनेत्री हरलिन सेठीलाई डेट गरिरहेको कुराको खुलासा गरेका थिए । विक्कीको खुलासापछि हरलिनले उनीहरु दुवैको तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै त्यस खबरको पुष्टि गरेकी थिइन् ।

तर अहिले यि दुवैबीचको सम्बन्धमा फाटो आएको खबरहरु सार्वजनिक भएका छन् । विक्की र हरलिनबीच ब्रेकअप भइसकेको छ । अभिनेत्री हरलिन सेठीले विक्कीलाई इन्स्टाग्राममा अनफलो गरिदिएकी छिन् । साथै उनले केही ब्रेकअपका तस्बिरहरु पनि लाइक गरेकी छिन् ।


भारतीय मिडियामा सार्वजनिक भएका खबरहरुका अनुसार विक्की कौशल र हरलिन सेठीबीचको ब्रेकअपको कारण अभिनेत्री कट्रिना केफ रहेको बताइएको छ । हरलिनलाई विक्की कौशलले आफूलाई अभिनेत्री कट्रिना केफका कारण धोका दिइरहेको भन्ने लागेपछि यस सम्बन्धलाई तोड्ने निर्णय लिएको बताइएको छ ।

तर कट्रिना स्वयमले विक्की र हरलिनबीच ब्रेकअप गराउन खोजेको कुराको कुनै पुष्टि भने भइसकेको छैन । तर करण जोहरको शो ‘कफी विद् करण’ मा करण जोहर स्वयमले विक्कीलाई भनेका थिए, ‘कट्रिनाले भनेकी छिन् कि उनको जोडी विक्की कौशलसँग सुहाउँछ ।’


करण जोहरको यो कुरा सुनेर विक्कीले कट्रिनाले यस्तो भनेकी होलिन् भन्ने कुराको विश्वास नै नभएको बताएका थिए । आफ्नो अभिनय क्षमताका कारण बलिउडका सफलताको शिखरमा पुगेका विक्कीले अहिले नै कट्रिनालाई डेट गरेर सलमान खानसँग दुश्मनी मोल्ने गल्ती गर्न नसक्ने अनुमान पनि लगाइएको छ ।

उनका समर्थकहरुले अहिले नै विक्कीले आफ्नो करियरमा असर पर्ने यस्ता काम गर्न नसक्ने पनि बताएका छन् । विक्की कौशल यतिबेला करण जोहरले निर्माण गरिरहेको फिल्म ‘तख्त’ मा अभिनय रहनेछ ।


मल्टिस्टारर यस फिल्ममा अभिनेता रणविर सिंंह, करीना कपूर, आलिया भट्ट, जान्ह्वी कपूर, भूमि पेडनेकर र अनिल कपूरको अभिनय रहनेछ ।