१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

नाम भने शान्तिपुर तर जहिले अशान्ति

नाम भने शान्तिपुर तर जहिले अशान्ति
अ अ+ अ-

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका- ५ मा पर्छ— शान्तिपुर गाउँ। बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ। बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन्। कसैले घरको ढोका थुन्छन् त कोही बस्ती छाडेर हिँड्छन्।

चार वर्षअघिको कुरा हो, शान्तिपुरकी सहजादी खातुनले लघुवित्त बैंक र साहुबाट तीन लाख २० हजार कर्जा लिइन्। निर्धन लघुवित्त वित्तीय संस्थाबाट ५० हजार, स्वावलम्बन लघवित्त वित्तीय संस्थाबाट ३० हजार, फरवाड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र जनकपुरका महाजनसँग १० धुर घडेरी बन्धकीमा राखी १ लाख गरी तीन लाख २० हजार ऋण लिइन्।

सहजादीले बैंक र साहुसँग लिएको ऋण गाउँकै सुरेन्द्र सिंहलाई सापटी दिइन्। तर सबै रुपैयाँ लिएर सिंह शान्तिपुर गाउँ छाडी भागेपछि सहजादीको बिचल्ली भएको छ। सहजादीसँग मात्रै सापटी लिएर भागेका होइनन्, सुरेन्द्र। उनी जस्तै शान्तिपुरका दर्जनौंसँग सापटी रकम लिएर उनी भागेका हुन्। सुरेन्द्रले करिब १५ लाख रुपैयाँ लिएर गाउँ छाडेको स्थानीयको भनाइ छ। साँवाब्याज गरेर अहिले त्यो रकम ४० लाख रुपैयाँ हुन आउँछ।

सुरेन्द्र र श्रीमती यशोदाले चार वर्ष अघि लघुवित्त बैंक ल्याएर गाउँमा समूह गठन गराएका थिए। गरिबको जीवनस्तर उठाउन सहयोग गरेको भन्दै उनलाई सबैले विश्वास गरे। तर पछि सुरेन्द्र र यशोदा गाउँलेलाई ठगेर भागेको स्थानीय सहजादीको भनाइ छ। स्थानीयको जीवनस्तर उकास्न महिलाकै समूह गठन गरियो। गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा छन्।

समूहमा आबद्ध सबै सदस्यसँग सुरेन्द्रले सापटी रकम मागे। उनले मासिक २ सय बचत गरिदिने ऋण र त्यसको ब्याज पनि तिरिदिने भन्दै लोभ देखाए। सुरेन्द्रले देखाएको लोभले महिलालाई आकर्षित ग¥यो। बैंक तथा वित्तीय संघसंस्थासँग किस्ताबन्दी र घरघडेरी राखेर साहुमहाजनसँग समूहका सदस्यले ऋण लिएर उनलाई दिए।

सित्तैमा महिनाको २ सय खातामा बचत पनि हुने भएकाले सबैले ऋण उठाएर सुरेन्द्रलाई दिए। उनले एकदुई पटक लिएको ऋण सुरुमा फर्काए पनि। तर गाउँलेसँग धेरै रकम बिनाधितो र कागज गराएर ऋण लिएका उनी पछि गाउँ नै छाडेर भागे। त्यसपछि शान्तिपुरका स्थानीय लाखौं रुपैयाँको ऋणको भारले थिचिएका छन्।

लोभले लाभ, लापले विलाप भनेझैं शान्तिपुरका महिला सुरेन्द्रले दिएको लोभले अहिले विलाप गरिरहेका छन्। बैंक र साहुबाट लिएको ऋण तिर्न नसकेपछि खातुनको चिन्ताको पारो बढेको छ। उनी भन्छिन्, ‘बैज्जती हुने डरले महाजन र बैंकका कर्मचारी ऋण उठाउन आउँदा गाउँ छाडेर भाग्छौं।’ सहजादीका श्रीमान् अखतर शेख ३ वर्ष विदेश बसेर कमाएर पठाएको रकमले ऋण चुक्ता गर्दै आएकी छन्।

‘बैंकलाई चार किस्ताको ५० हजार रुपैयाँ तिर्न बाँकी छ’, उनले भनिन्, ‘साहुकहाँ घडेरी बन्धकी राखेर लिएको एक लाख ५० हजार रुपैयाँ तिर्न अझै बाँकी छ।’ सहजादीका छिमेकी ५० वर्षीय नजबुल खातुनले पनि चार वर्षअघि नेरुडे बैंकबाट ४० हजार र मिथिला लघुवित्त विकास बैंकबाट किस्तामा ५० हजार ऋण लिइन्। जनकपुरका महाजनसँग एक कठ्ठा घडेरी बन्धकी राखेर सयकडा ३ रुपैयाँ ब्याजदरमा १ लाख २५ हजार कर्जा उठाइन्। गाउँका सुरेन्द्र सिंहलाई बैंक र साहुबाट उठाएको रकम सापटीमा दिइन्। तर, सुरेन्द्रले पैसा नतिरी गाउँ छाडी भागे।

बैंकको किस्ता तिर्न गाउँमा ‘रोजहा ऋण’ लिन थालिन् खातुनले। यो शैलीमा ऋण लिनेले तोकेको समयमा लिएको रकमको दोब्बर गरेर तिर्नुपर्छ। तर ऋण तिर्ने समय सीमा एक हप्ता मात्र हुन्छ। नजबुल खातुनले कमाएर तिर्ने शर्तमा गाउँकै रसुला खातुनसँग रोजहा ऋणस्वरूप १० हजार लिएर बैंकको किस्ता भरिन्। उनले त्यो रोजहा ऋण रसुलालाई समयमै तिर्न सकिनन्। एक वर्षपछि नजबुलसँग रसुलाले ४० हजार रुपैयाँको कपाली तमसुक गराइन्।

किस्ता तिर्नकै लागि अर्का स्थानीय पाशुपति सिंहसँग नजबुलले ३० हजार रोजहा ऋण लिइन्। उनलाई पनि भनेको समयमा नजबुलले ऋण फर्काउन सकिनन्। एक महिनापछि पाशुपतिले ४० हजारको कपाली तमसुक गराए।

बैंकको किस्ता तिर्न अर्का स्थानीय कुलदीप सिंहसँग पनि रोजहा ऋणमा ८ हजार लिएकी थिइन्। उनको पनि ऋण तिर्न नसक्दा कुलदीपले गोठमा बाँधेका गाई, घरको टीभी सबै लिएर गयो। नजबुल खातुनका श्रीमान् खारुक शेखले विदेशबाट कमाएर पठाएको तीन लाख तिरेर उनले साहुकहाँ बन्द रहेको घडेरी भने छोडाएकी छन्। नजबुल भन्छिन्, ‘ दुई जना छोरी विवाह गर्ने उमेरका भए। ऋण कसरी तिर्ने र उनीहरूको विवाह कसरी गर्ने रु ’ सुरेन्द्रलाई विश्वास गरेर बिनाकागजपत्र रकम दिँदा शान्तिपुर गाउँका स्थानीयको बिचल्ली भएको छ।

ऋणमाथि ऋणको भारीले शान्तिपुरका स्थानीय चेपिएका छन्। कसैले कसैलाई सहयोग गर्ने अवस्था छैन। पहिला गाउँमा मर्दापर्दा सबैले सजिलै सहयोग गर्थे। तर सुरेन्द्र सिंहले ऋणमा धोका दिएपछि सहयोग टुट्दै गएको स्थानीय अघनियाँ देवी मण्डल बताउँछिन्।

‘बिरामी भएर छटपटाए पनि कसैले कसैलाई ऐंचोपैंचो सहयोग गर्ने दिन छैन। गोजीमा रुपैयाँ छ भने ऊ बाँच्छ, नभए मर्नुको विकल्प छैन’, उनले भनिन्। शान्तिपुरकी नुरजहान खातुनले पनि नेरुडे लघुवित्त बैंकबाट ५० हजार किस्तामा ऋण उठाइन्। घर कामकाजका लागि भनी सुरेन्द्रले उनीसँग रकम लिएका थिए। तर सुरेन्द्रले उनलाई पनि धोका दिए। ‘सुरेन्द्रले हामीलाई लोभ देखाएर डुबायो’, उनी भन्छिन्।

सोही गाउँकी रहना खातुनले पनि विभिन्न बैंकबाट एक लाख ४० हजार रुपैयाँ ऋण लिएर सुरेन्द्रलाई दिएकी थिइन्। उनीमाथि पनि सुरेन्द्रले उस्तै व्यवहार गरे। ‘हामीले विश्वास गरेर सुरेन्द्रलाई रुपैयाँ दिएका थियौ। तर, उनले विश्वास गुमाए’, उनले भनिन्, ‘परिवार चलाउनै समस्या भएको छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा अबर छ ।