१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

सवारीसाधन कारबाहीबाट १४ लाख राजस्व संकलन

सवारीसाधन कारबाहीबाट १४ लाख राजस्व संकलन
अ अ+ अ-

काठमाडौं । यस वर्ष कालिकोटमा सवारीसाधन कारबाही तेब्बरले वृद्धि भएको पाइएको छ । गत वर्ष ९९० सवारीसाधन कारबाहीमा परेकामा चालू आवको आठ महिनामा कालिकोटमा २ हजार ५५७ सवारीसाधन चालक कारबाहीमा परे ।

कारबाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारबाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले १४ लाख ३३ हजार ५ सय राजस्व संकलन गर्यो ।

ट्राफिक इन्चार्ज नमराज भट्टका अनुसार चालू आवको फागुन मसान्तसम्ममा कारबाहीमा परेका चालकबाट उक्त राजस्व संकलन भएको हो । चालू आवको फागुनमा मात्रै सबैभन्दा बढी राजस्व संकलन भएको थियो । भट्टका अनुसार मंसिरमा मात्रै १९४ सवारी चालक कारबाहीमा पर्दा १ लाख ११ हजार ५ सय राजस्व संकलन भयो । साउनमै ४४ सरकारी मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट प्रहरीले ७० हजार ५ सय राजस्व संकलन गरेको छ । आठ महिनामा १३६ मोटरसाइकल कारबाहीबाट २ लाख १७ हजार र २१६ वटा बस चालक कारबाहीमा पर्दा २ लाख १० हजार राजस्व संकलन भएको छ ।

३५० ट्रक कारबाहीमा पर्दा २ लाख १७ हजार र २५ वटा टेम्पो तथा ई–रिक्सा कारबाहीमा पर्दा १ लाख राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय जिल्लाका ग्रामीण भेगमा चरिरहेका सवारीसाधनमा सरकारी कर्मचारीदेखि लिएर जनप्रतिनिधिले बिनाअनुमतिपत्र सरकारी मोटरसाइकलको दुरुपयोग गरिरहेको जानकारी पाएको ट्राफिक कार्यालयका इन्चार्ज नमराज भट्टले बताए । बर्सेनि सवारी चाप बढ्नु र ट्राफिक नियम जानाजान उल्लंघन गर्नुले बढी सवारी चालक कारबाहीमा पर्ने गरेको उनको भनाइ छ ।

चालू आवमा मात्रै ट्राफिक प्रहरीले ३ हजार ३९३ विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराएको छ । २३ वटा विभिन्न विद्यालयमा प्रहरीले फरकफरक मितिमा कार्यक्रम गर्दै चेतना अभिवृद्धि गरे पनि प्रहरी अभियान सफल हुन सकेको छैन ।

ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ ।राजधानी दैनिकमा खबर छ ।