१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

भारतमा गुणस्तर फेल औषधि नेपाली बजारमा खुलेआम बिक्री

भारतमा गुणस्तर फेल औषधि नेपाली बजारमा खुलेआम बिक्री
अ अ+ अ-

काठमाडौं । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् ।

३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको छ । भारतको सेन्ट्रल ड्रग स्ट्यान्र्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधिको गुणस्तर फेल भएको छ । गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो ।
तोकिएको मापदण्डअनुसार औषधिमा हुनुपर्ने गुण नभएको र घुल्नुपर्ने ठाउँमा औषधि नघुलेको पाइएको हो । बजारमा पुगेका गुणस्तरहीन त्यस्ता सबै औषधि फिर्ता पठाउन निर्देशन दिँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको भारत सरकारले जनाएको छ । भारतीय कम्पनी ओरिजन फार्मा इन्टरनेसनल खरी, लार्क ल्याबोरेटरिज इन्डिया, सलुस फर्मास्युटिकल्स, थेउन फार्मासेयुक्टिकलबाट उत्पादन भइरहेका औषधिहरु गुणस्तरहीन रहेको जनाएको छ ।

यस्तै, गुणस्तरहीन अन्य औषधि कम्पनीमा बाल फार्मा लिमिटेड, डाफोडिल्स फर्मास्युटिकल्स लिमिटेड, सिस्टोकेम ल्याबरोटरिज, हिमालय मेडिटेक प्राइभेट लिमिटेड, म्याक्स केम फर्मास्युटिकल्स, हिन्दुस्तान मेडिसिन्स, ग्राक्योर फर्मास्युटिकल्स लिमिटेड रहेका छन् । यस्तै, साइनोकेम फर्मास्युटिकल्स लिमिटेड, ज्याक्सन ल्याबरोटरिजलगायतका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन रहेको जनाएको छ ।
तीमध्ये ग्राक्योर फर्मास्युटिकल्स, बाल फर्मा, लार्क ल्याबोरेटरी, हिन्दुस्तान मेडिसिनलगायतका कम्पनीबाट उत्पादित औषधि नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ । यसैगरी, फेसेनिउस कवी अंकोलोजी, अल्बर्ट डेबिडबाट उत्पादित औषधि पनि नेपाली बजारमा बिक्री हुँदै आएको छ । विशेषगरी, त्यस्ता औषधि ज्वरो, ग्यास्ट्रिक र अल्सरका बिरामीले प्रयोग गर्दै आएका छन् ।

नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भारतमा उत्पादित औषधि गुणस्तरहीन फेला परेमा फिर्ता गरिने बताए । उनले भने, ‘सेन्ट्रल ड्रग स्टयान्र्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले सार्वजनिक गरेको प्रतिवेदनको आधारमा गुणस्तरहीन ३७ कम्पनीबाट उत्पादित औषधि बजारमा बिक्री भइरहेको पाइए हामी फिर्ता पठाउँछौं । र, अनुगमनलाई समेत तीव्रता पार्छांै ।’

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार गुणस्तरहीन औषधि बजारमा बिक्री गर्न दिन नहुने बताउँछन् । उनले भने, ‘नेपालबाट उत्पादित औषधिसँगै भारतबाट उत्पादित औषधिको सन्दर्भमा पनि अनुगमनलाई प्रभावकारी पार्न सक्नुपर्छ । बिरामीलाई गुणस्तरहीन औषधि खुवाउनुभएन ।’
त्यस्ता गुणस्तरहीन औषधि बिक्रीमा तत्काल रोक लगाउन सरकार संवेदनशील हुनुपर्ने औषधि उत्पादक संघका सदस्य विप्लव अधिकारीले बताए । राजधानी दैनिकमा खबर छ ।